असोज संक्रान्तिमा मनाइने विश्वकर्मा पूजाका लागि बाबा विश्वकर्माको मूर्ति बनाउन भारतको कोलकाताबाट आएका मूर्तिकार व्यस्त छन् । १२ जनाको समूहमा आएका उनीहरूले एक महिनामा करिब १६० वटा मूर्ति बनाइसकेका छन् ।
उनीहरू बिहानदेखि नै ललितपुरको कुपन्डोलमा मूर्तिमा रंग लगाउन, सजाउन र शृंंगारमा व्यस्त हुन्छन् । उनीहरूले मूर्ति बनाउन रंग, शृंगारका सामान र माटो भारतको गंगाबाटै ल्याइएको उनीहरू बताउँछन् । ‘गंगाको माटो ल्याएर नै मूर्ति बनाउँछौँ । लरीमा दुई दिन लगाएर माटो ल्याएका हौँ,’ मूर्तिकार समूहलाई लिएर आएका दीपक हल्दारले भने । यो समूह तिहारसम्म बस्छ ।