नेभिगेसन मेनु

दुर्घटनामा एककाे मृत्यु
सम्पादक:南亚网络电视
समय:2023-06-27 13:29

death

बर्दिबास, असार १२ गते । जलेश्वर जनकपुर सडक खण्डमा मध्य राततिर भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको ज८प ६५३३ नं को  मोटरसाइकल जलेश्वर नपा ९ स्थित उक्त सडक खण्डको आगेपुरनजिक विगही पुलबाट करिब २० मिटर तल पानीमा खस्दा जनकपुर ९ का ३० वर्षीय मोटरसाइकल चालक शङ्कर भन्ने दीपेश ढुङ्गेलको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले बताउनु भयो । 

बिहान करिब साढे ६ बजेतिर दुर्घटनाको जानकारी हुनासाथ घटनास्थल पुगेको प्रहरीले मुचुल्का उठाउने लगायतका कानुनी प्रक्रिया सुरु गरेको छ । घटना स्थलबाट प्रहरी नायव उपरीक्षक विजन राय यादवले दिएको जानकारीअनुसार घट्नाको प्रकृति हेर्दा मोटरसाइकल पुलको पश्चिमी भागमा ठोकिएर तल खसेको देखिन्छ । प्रहरीले मृतकको साथबाट पानीले भिजेर चल्न नसक्ने अवस्थामा फेला पारेको मोबाइलको सिम प्रयोग गरी सनाखत गरेको जनाएको छ । सडक चौडा भए पनि साँघुरो पुल र पुलको दुवै साइडमा खाल्डो भएको कारण दुर्घटना भएको प्रहरीको अनुमान छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर