नेभिगेसन मेनु

मक्कामदिनाबाट स्वदेश फर्किए हजयात्री, यात्रामा राम्रो व्यवहार नभएको गुनासो
सम्पादक:南亚网络电视
समय:2023-07-19 17:13

hajj-yatra-ki-jankari_FLgb1pLemP (1)

नेपालबाट हजका लागि साउदी अरबको मक्कामदिना सरिफमा सहभागी भएका हजयात्री स्वदेश फर्किएका छन् । बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन् । 

यस वर्ष नेपालबाट हजका लागि १ हजार २ सय जना मक्कामदिना गएका थिए । मक्का मदिनामा हजयात्रा पूरा गरी उनीहरू सबै स्वदेश फर्किएका हुन् । स्वदेश फर्किएका हजयात्रीहरुले  हज यात्रामा राम्रो व्यवहार नभएको गुनासो गरे । उनीहरुले नेपालबाट गएका हज कमिटीका सदस्यहरूले हज यात्रीका लागि कुनै राम्रो व्यवहार नगरेको र फोहोर खानेकुरा, बस्ने ठाउँ पैसा तिरेअनुसार राम्रो नदिएको गुनासो गरे । 

हजयात्री राजअहम्मद अन्सारीले पैसा तिरेबापत सुविधा नपाएको र फोहोर होटेलमा फोहोर खानेकुरा खुवाएको बताए । उनले नेपालबाट गएका हजयात्रीहरु हराउँदासमेत नेपालबाट गएका हज प्रतिनिधिहरू खोज्नसमेत नगएको बताए । उनले हज कमिटी गठन गर्दा स्वच्छ छविका व्यक्ति राख्न र पार्टीका कार्यकर्ता नराख्न आग्रह गरे । 

उनले हज यात्रामा नेपालको प्रतिनिधि भई गएका हज कमिटीका प्रतिनिधिहरूले नेपालको बदनाम गरेकाले सबै दोषीहरूलाई कारबाही गर्न माग गरे । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर