नेभिगेसन मेनु

चर्च ब्वाइजले आज रच्ला त इतिहास?
सम्पादक:南亚网络电视
समय:2023-06-06 13:57

church-boys

अविश्वसनीय रूपमा चर्च ब्वाइजले ‘सी’ डिभिजन हुँदै ‘ए’ डिभिजन च्याम्पियन बन्ने सपना नजिक पुग्दा उसले ऐतिहासिक उपलब्धी हासिल गरेको छ। ४ वर्षअघि ‘सी’ डिभिजन च्याम्पियन बनेयता चर्च ब्वाइजले आफ्नो अविश्वसनीय उपलब्धी निरन्तर जारी राखेको छ।

लगातार बढुवामात्र भएन्, लगातार च्याम्पियनको कीर्तिमान बनाएको छ। अब ‘ए’ डिभिजन च्याम्पियन भएमा मनाङपछि यो उपलब्धी हासिल गर्ने एक्लो टिम हुने छ।

मनाङ र चर्च ब्वाइजमा एउटामात्रै फरक छ। मनाङले स्थापना भएकै वर्ष अर्थात् २०४३ ‘डी’ डिभिजनदेखि ‘ए’ डिभिजन लिगसम्म च्याम्पियन बनेको थियो। तर चर्च ब्वाइजले भने ‘सी’ डिभिजन क्वालिफाइङमा लामो समय बितायो।

अर्थात् १२ वर्ष ‘सी’ डिभिजन छनोटमा रहे पनि त्यसपछि उसले लगातार ‘सी’ डिभिजन क्वालिफाइङ देखी ‘सी’ डिभिजन ‘बी’ डिभिजन र अब ‘ए’ डिभिजन च्याम्पियनको कीर्तिमान रच्ने संघारमा रहेको छ।

२०७६ सालमा ‘सी’ डिभिजन च्याम्पियन बनेको चर्च ब्वाइज गत संस्करणमा ‘बी’ डिभिजन च्याम्पियन बन्दै ‘ए’ डिभिजनमा बढुवा भयो। बढुवा भएकै वर्ष ‘ए’ डिभिजन च्याम्पियन बन्न मंगलबार थ्री स्टारसँग बराबरी नै चर्च ब्वाइजलाई पर्याप्त हुने छ। यद्यपि हारले पनि उसको च्याम्पियन सपना अपुरो भने हुने छैन। किनकि अन्तिम खेलमा पनि उसलाई एक अंकले च्याम्पियन बनाउने छ।

नेपाली फुटबलको सर्वाधिक प्रतिष्ठित ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा क्लबले मात्र लगातार फड्को मार्दै ‘डी’ देखि ‘ए’ डिभिजनसम्मको यात्रा तय गरेका थिए। अहिले ‘डी’ डिभिजनको व्यवस्था हटाएर ‘सी’ डिभिजन छनोट खेलाउने गरिएको भए पनि संरचनागत रूपमा चार तह नै छन्।

र अब च्याम्पियन बनेर इतिहास रच्ने चर्च ब्वाइजको सपनामा आज थ्री-स्टारको भूमिका महत्त्वपूर्ण हुने छ।

थ्री-स्टार पछिल्लो समय रेलिगेसनबाट बच्नका लागि संघर्षरत रहँदा उत्कृष्ट लयमा रहेको चर्च ब्वाइजलाई रोक्न मुस्किल पर्ने छ। ए डिभिजन लिगमा इतिहास रच्नका लागि चर्चब्वाइज दिउँसो तीनबजे दशरथ रंगशालामा मैदान उत्रिने छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर