२० जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको यस सिजन अब उत्कर्षतिर लाग्दैछ ।
डबल राउन्ड रोबिन प्रणालीमा आधारित यस लिगमा १४ क्लबले प्रतिस्पर्धा गरेका थिए । सिङ्गल राउन्ड रोबिनमा १३ खेल खेल्ने टिमहरुले यस पटक प्रत्येकले २६ खेल खेल्नेछन् । हालसम्म २३ खेल खेलिसकेका टिमहरुले अब प्रत्येकले ३ खेल खेलन बाँकी छ ।
फुटबलमा सामान्यतय हेडर एक निकै आकर्षक र कलात्मक शैली हो । बललाई एकदेखि अर्कोमा पुर्याउन वा सहि दिशा दिन खेलाडीहरुले खुट्टा बाहेक आफ्नो टाउकोको पनि प्रयोग गर्छन् । यो देख्दा जति सामान्य देखिन्छ उतिनै जोखिमपूर्ण पनि हुन्छ ।
खेलाडीको टाउको एकअर्कामा ठोकिएमा हेड इन्जुरी पनि हुन सक्छ । ल्यान्डिङ नमिल्दा चोट लाग्ने सम्भावना उत्तिकै प्रवल हुन्छ । यस पटक ए डिभिजन लिगमा भएका खेलाडी इन्जुरीमा कतिपयलाई हेड इन्जुरी पनि भएको थियो ।
शेर्पाविरुद्ध हेडिङ गर्दै एफसी खुमलटारका खेलाडी ।
हिमालयन
देख्दा भने फोटोमा यी हेडरहरु निकै आकर्षक देखिन्छन् । यसपटकको ए डिभिजन लिगमा विदेशी तथा स्वदेशी खेलाडीले गरेको केही हेडरलाई हामीले तस्वीरमा समेटेका छौं ।
हालसम्मको नतिजा हेर्दा चर्च ब्वाइज युनाइटेड ४१ अंकको साथमा शीर्षस्थानमा रहेको छ । त्यस्तै डिफेन्डिङ च्याम्पियन मछिन्द्र ३९ अंकको साथमा दोस्रो स्थानमा रहेको छ ।
जारी ए डिभिजन लिगको अन्तिम खेल जेठ २७ गते हुनेछ । जेठ २७ गते तीन खेल छन् । जसमा संकटा क्लब र न्युरोड टिम (एनआटी), मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लब तथा यस सिजनको अन्तिम खेलको रुपमा जावलाखेल युथ क्लब र थ्री स्टार क्लब खेल्नेछन् ।
हेडिङ गर्दै सातदाेबाटाेका खेलाडी ।हेडिङ गर्दै नेपाल पुलिसका विदेशी खेलाडी ।हेडिङ गर्दै नेपाल पुलिसका रामजी वाजी ।हेडिङ गर्दै खुमलटार एफसीका खेलाडी ।हेडरमा जुध्दै नेपाल पुलिस र संकटाका दुई विदेशी खेलाडी ।
हिमालयन शेर्पाका खेलाडी एफसी खुमलटारविरुद्ध हेडिङ गर्दै ।प्रतिस्पर्धामा मछिन्द्र र फ्रेन्डसका खेलाडीहरू ।मछिन्द्र र फ्रेन्ड्सका खेलाडी ।मछिन्द्र र फ्रेन्ड्सका खेलाडी ।
नेपाल पुलिसविरुद्ध हेडर गर्दै संकटाका नेल्सन युनियो कोन्फर ।
नेपाल पुलिसका विदेशी खेलाडी संकटाविरुद्ध हेडिङ गर्दै ।त्रिभुवन आर्मीविरुद्ध हेडरको प्रयासमा थ्रीस्टारका अजयी मार्टिन्स ।त्रिभुवन आर्मीका नवयुग श्र्ष्ठ थ्रीस्टारविरुद्ध हेडिङ गर्दै ।हिमालयन शेर्पाका विदेशी खेलाडी मेनुयल नानाएफसी खुमलटारविरुद्ध हेडिङ गर्दै ।