नेभिगेसन मेनु

रानाथारू समुदायबाट पहिलो विद्यावारिधि
सम्पादक:南亚网络电视
समय:2023-05-31 12:54

rana

नेपालका आदिवासी जनजाति रानाथारू समुदायबाट धनगढीकी डा जीवन रानाले पहिलो पटक विद्यावारिधि गर्नुभएको छ। आफ्नो समुदायबाट विद्यावारिधि गर्ने उहाँ पहिलो व्यक्ति बन्नुभएको हो। उहाँले नेपाल संस्कृत विश्वविद्यालय बेल्झुन्डी दाङबाट विद्यावारिधि (पिएचडी) उपाधि प्राप्त गर्नुभएको छ। रानाले ‘सोसियो कल्चरल लाइफ अफ रानाथारू’ विषयमा अङ्ग्रेजीमा शोधपत्र तयार पार्नुभएको थियो। 

कैलाली, कञ्चनपुरमा मात्रै बसोबास रहेको रानाथारू समुदायको शैक्षिक अवस्था अझै पनि सन्तोषजनक छैन। पछाडि परेको समुदायबाट आफूले विद्यावारिधि गरेपछि रानाले यसलाई ठूलो उपलब्धि भएको बताउनुभयो। नेपाली कांग्रेसको राजनीतिमा पनि क्रियाशील राना विभिन्न सामाजिक संस्थामा पनि आबद्ध रहनुभएको छ। उहाँले रानाथारू समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिकलगायतको विकासका लागि पैरवीसमेत गर्दै आउनुभएको छ।    

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर