नेभिगेसन मेनु

माध्यमिक शिक्षा परीक्षा (एसईई) : चौँतीस परीक्षार्थी अनुपस्थित
सम्पादक:南亚网络电视
समय:2023-04-01 13:54

Untitled-1 (2)

डडेलधुराका १२ वटा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। परीक्षामा दुई हजार ६८९ विद्यार्थी सहभागी छन्। सुदूरपश्चिमका नौ जिल्लामध्ये डडेलधुराबाट सबैभन्दा कम विद्यार्थी परीक्षामा सहभागी छन्। परीक्षामा ५५ हजारभन्दा बढी विद्यार्थी सहभागी छन्।

शिक्षा विकास तथा समन्वय एकाइ डडेलधुराका प्रमुख नारद जोशीका अनुसार जिल्लामा रहेका सबै केन्द्रमा पहिलो दिन शान्तिपूर्ण रूपमा परीक्षा सञ्चालन भएको छ। डडेलधुरामा पहिलो दिन ३४ विद्यार्थी परीक्षामा अनुपस्थित थिए।

शिक्षा विकास तथा समन्वय एकाइ डडेलधुराले दिएको जानकारीअनुसार एक हजार ४०४ छात्रा र एक हजार २५१ गरी दुई हजार ६५५ विद्यार्थी परीक्षामा सहभागी भएका छन्।  शिक्षा विकास निर्देशनालय दिपायल डोटीको तथ्याङ्कअनुसार एसईईमा ५५ हजार तीन सय ७६ विद्यार्थी सहभागी भएका छन्। निर्देशनालयका शिक्षा निर्देशक दुर्गादत्त विष्टका अनुसार प्रदेशमा दुई सय आठ परीक्षा केन्द्र छन्।

परीक्षार्थीलाई निःशुल्क खाना

डडेलधुराको आलिताल गाउँपालिकाले एसईईमा सहभागी परीक्षार्थीलाई निःशुल्क खाना उपलब्ध गराएको छ। पालिकाको दुर्गम तथा पालिका सदरमुकामबाट टाढा रहेका वडा नम्बर १ को भुवनेश्वरी मावि र २ को उणिकोट माविका परीक्षार्थीलाई निःशुल्क खानाको व्यवस्था गरिएको हो। परीक्षामा गाउँपालिकाका तीन सय १६ विद्यार्थी सहभागी छन्। आलिताल गाउँपालिकामा दुईवटा परिक्षा केन्द्र रहेका छन्।

१४ हजार सहभागी

घोडाघोडी समाचारदाताका अनुसार कैलालीबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा १४ हजार ४०२ जना परीक्षार्थी सहभागी भएका छन्।  जिल्ला शिक्षा एकाइ कार्यालय कैलालीका प्रमुख बैकुण्ठ सुवेदीले ५३ वटा परीक्षा केन्द्रमा एसईई परीक्षा सुरु भएको जनाउनुभयो। कैलालीमा आठ हजार २०४ छात्र र आठ हजार १९८ छात्रा परीक्षामा सहभागी छन्। १३३ छात्र र १५९ छात्रा परीक्षामा अनुपस्थित रहको जनाइएको छ। ग्रेडवृद्धि परीक्षामा १८५ छात्र र २७४ छात्रा सहभागी भएका छन्। ४८ छात्र र ५९ छात्रा अनुपस्थित भएका छन्। कैलालीमा छ जना दृष्टिविहीन र दुई जना शारीरिक रूपमा अशक्त परीक्षामा सहभागी छन्। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर