नेभिगेसन मेनु

बैतडीमा जिप दुर्घटना हुँदा एउटै गाउँका ६ जनाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2023-04-12 12:44

1680672984_accident-1200x560-wm-1200x560

खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन नगरपालिका ८ को झौलेक मोडमा जिप दुर्घटना हुँदा एउटै गाउँका ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। भारतमा रोजगारी गरी नयाँ वर्ष (बिसु) मनाउन घर फर्कका उनीहरुको जिप दुर्घटनमा मृत्यु भएको हो।

झुाघाटबाट बझाङको बाग्थलातर्फ जादै गरेको से १ ज ७६४ नम्बरको जिप मंगलबार राति ११ बजे र्दुघटनामा परेको हा । मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका ५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन्।  

जिपमा सवार अन्य ५ जनाले हाम फालेर ज्यान जोगाएका छन् । जिप सडकबाट ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। चालक सम्पर्क विहिन रहेका छन्। मृत्यु भएकाहरुको शव निकाल्ने कार्य अहिले बिहान सुरु हुने प्रहरी निरीक्षक खत्रीले बताए। भारतबाट रोजगारी गरेर बिसु मनाउनका लागि घर फर्केकाहरु दुर्घटनामा परेका हुन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर