नेभिगेसन मेनु

आयुर्वेद चिकित्सालय दीर्घरोगका लागि उपयोगी
सम्पादक:南亚网络电视
समय:2023-04-11 14:13

Untitled-1 (3)

धनगढीकी खगिता रोकायालाई टाउको दुख्ने समस्या छ। उहाँले यस रोगको उपचारका लागि पाँच वर्षसम्म विभिन्न अस्पताल धाउनुभयो तर समस्या ज्युँका त्युँ भयो। 

“उपचार गराउँदा गराउँदै ऋण लाग्यो,” रोकाया भन्नुहुन्छ, “तर पनि टाउको दुख्ने समस्याबाट छुटकारा मिलेन।” अहिले त एलोपेथिक औषधि देखेर दिग्दार लाग्ने गरेको उहाँ सुनाउनुहुन्छ। 

“जीवनमा यति धेरै औषधि खाएँ कि भनिसाध्य छैन,” उहाँले अगाडि थप्नुभयो, “अब त औषधि पनि खान छोडिदिएँ।” एलोपेथिक उपचार पद्धतिबाट टाउको दुख्ने समस्याबाट छुटकारा नपाएपछि रोकाया आयुर्वेद औषधि उपचार गराउन थाल्नुभएको छ। 

धनगढी उपमहानगरपालिका–१३, राजपुरमा यसै वर्षबाट प्रादेशिक आयुर्वेद चिकित्सालय सञ्चालनमा आएपछि उहाँलाई एलोपेथिक उपचार छाडेर आयुर्वेदिक उपचार गर्ने इच्छा जागेको हो। “आयुर्वेदिक उपचारपछि अलि सहज महसुस गरेकी छु,” उहाँले भन्नुभयो, “पहिले यस्तो सुविधा नभएर भारतसम्म धाउनु प-यो।” 

धनगढीमा ५० शय्याको आयुर्वेद चिकित्सालय सञ्चालनमा आएपछि खगिता मात्र हैन, उहाँजस्तै कैयौँ दीर्घ र जीर्ण रोगीलाई उपचार गर्न सहज भएको छ। अन्य उपचारबाट आजित भएका दीर्घरोगीले आयुर्वेद चिकित्सालयलाई रोज्न थालेका छन्। 

यहाँ औषधि पनि निःशुल्क पाइने भएकाले उपचार गर्न आउनेको लर्को नै लागेको छ। धनगढी उपमहानगरपालिका–४, बोराडाँडीकी चन्द्रपति चौधरी उपचार राम्रो भएकाले आफू ‘फलोअप’मा आएको बताउनुहुन्छ। 

उहाँका अनुसार आयुर्वेद चिकित्सालयमा उपलब्ध भएका जति सबै औषधि निःशुल्क रूपमा पाइन्छ। “यहाँ नभएको औषधि मात्रै बाहिर आयुर्वेद औषधालयमा किन्नु पर्दछ,” उहाँले भन्नुभयो, “डाक्टरले पनि राम्रोसँग चेकजाँच तथा सुझाव सल्लाह दिने गरेका छन्।” 

आयुर्वेद चिकित्सालयमा बिहानैदेखि बिरामीको लाइन लाग्ने गरेको छ। यसअघि आयुर्वेद औषधालय नहुँदा धेरैजसो बिरामी उपचारका लागि नेपाल र भारतका विभिन्न अस्पतालमा भौँतारिनुपर्ने अवस्था रहेको थियो।

अब टाढा टाढाबाट पनि बिरामी उपचारका लागि प्रादेशिक आयुर्वेद चिकित्सालयमा पुग्ने गरेका छन्। घोडाघोडी नगरपालिका–१० की हिमा भण्डारीले छाती दुख्ने र कफ जम्ने समस्या थियो, आयुर्वेदिक उपचार गराउन थालेपछि निको भएको बताउनुभयो। 

धेरै ठाउँमा पुगेर उपचार गराइसकेको उल्लेख गर्दै उहाँले अगाडि थप्नुभयो, “आयुर्वेदले विस्तारै निको बनाउँदै छ।” आयुर्वेदिक औषधिले स्वास्थ्यमा अन्य समस्या नदेखाएको उहाँको भनाइ छ। 

चिकित्सालय व्यवस्थापन समितिका अध्यक्ष नरेश विष्टले दैनिक डेढदेखि दुई सय जना बिरामीले चिकित्सालयबाट निःशुल्क रूपमा सेवा लिइरहेको बताउनुभयो। सङ्घीय सरकारको ३४ करोड रुपियाँ लगानीमा बनेको प्रादेशिक आयुर्वेद चिकित्सालय असोज ११ गतेबाट सञ्चालनमा आएको हो। 

चिकित्सालयमा ल्याब, ओपीडी, पञ्चकर्म र पूर्वकर्म सेवा रहेका छन्। पायल्स, पेट, बाथ, फिस्टुलालगायत विभिन्न कब्जियत रोगको उपचार भइरहेको वैद्य सुरेन्द्र शाहीले जानकारी दिनुभयो। बिरामीको चाप बढ्दै गएमा आगामी दिनमा सेवा थपिँदै लैजाने तयारी भएको उहाँले बताउनुभयो।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर