नेभिगेसन मेनु

बढ्दै छ कोरोना
सम्पादक:南亚网络电视
समय:2023-04-10 15:20

Untitled-1 (1)

भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका विभिन्न नाकाबाट नेपाल फर्कनेहरूसँगै कोरोना बढ्न थालेको छ। कामको सिलसिलामा भारत गएकाहरू घर फर्किन थालेसँगै कोरोना सङ्क्रमण बढेको हो। अहिले सङ्क्रमण पुष्टि भइरहेकामध्ये धेरैजसो भारतबाटै फर्किने व्यक्ति रहेको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ। पछिल्लो समय भारतसहित नेपालमा पनि कोरोना सङ्क्रमण तीव्र गतिमा बढिरहेको छ। 

स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशभर २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित सबै भारतबाट फर्किएका व्यक्ति छन्। विभिन्न नाकाबाट आएका ७१६ जनाको परीक्षण गर्दा २२ जनामा सङ्क्रमण पुष्टि भएको हो। 

भारतबाट फर्किनेमा सङ्क्रमण देखिएपछि नाका थप व्यवस्थित गर्न चाँडै नै जिल्लास्थित सङ्कट व्यवस्थापन केन्द्रको बैठक बसेर निर्णय गरिने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो। उहाँले भारतबाट भित्रिनेसँगै कोरोना अत्यधिक फैलिने खतरा रहेको उल्लेख गर्नुभयो। “अब व्यक्ति आफैँले सजगता अपनाउन जरुरी छ,” जोशीले भन्नुभयो। 

सङ्क्रमण बढेसँगै सात दिनभित्रै सुदूरपश्चिम प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या १०१ पुगेको छ। कैलालीमा ८६, कञ्चनपुरमा सात, बैतडीमा छ, दार्चुलामा दुई सक्रिय सङ्क्रमित रहेका निर्देशनालयले जनाएको छ। गत वर्षदेखि यो प्रदेश कोरोनामुक्त थियो।

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा धुमधामसाथ बिसु पर्व मनाइने गरिन्छ। पर्व मनाउन अहिले दैनिक हजारको सङ्ख्यामा विभिन्न नाका भएर नेपालीहरू स्वदेश भित्रिरहेका छन्। शनिबार मात्रै गौरीफन्टा नाकाबाट ९८३ जना फर्किएका छन्। तीमध्ये ३७६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर