नेभिगेसन मेनु

सीमाबाट नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य
सम्पादक:南亚网络电视
समय:2026-07-31 11:59

 

 Dharmik-aguwa-xalfal

काठमाडाैँ, साउन १५ गते । सर्लाही जिल्ला सुरक्षा समितिले सीमा नाकामार्फत नेपाल प्रवेश गर्ने सबै यात्रुले आधिकारिक परिचय खुल्ने परिचयपत्र अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था लागू गर्ने निर्णय गरेको छ।

वर्तमान सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले छिमेकी मुलुकबाट सीमा नाकामार्फत नेपाल भित्रिने सबै यात्रुको परिचय यकिन गरी मात्र प्रवेश अनुमति दिने निर्णय गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार परिचय खुल्ने आधिकारिक परिचयपत्र देखाएपछि मात्रै नेपाल प्रवेश गर्न दिइनेछ।

पूर्वी नेपालका केही जिल्लामा उत्पन्न तनावपूर्ण अवस्थापछि सर्लाहीमा पनि सुरक्षा सतर्कता बढाइएको प्रशासनले जनाएको छ। सोही क्रममा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, सहायक प्रमुख जिल्ला अधिकारी घिमिरे तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले विभिन्न धर्मका धार्मिक अगुवासँग छलफल गरेका छन्।

छलफलले जिल्लाभित्र सामाजिक सद्भाव, शान्ति र आपसी सहिष्णुता कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। कुनै पनि प्रकारका असमझदारी वा विवादलाई संवाद र छलफलमार्फत समाधान गर्न तथा हिंसात्मक वा उत्तेजनात्मक गतिविधिमा संलग्न नहुन सबैसँग अपिल गरिएको छ।

यस्तै, धार्मिक जुलुस, र्‍याली, सभा वा सार्वजनिक कार्यक्रम आयोजना गर्नुअघि स्थानीय प्रशासनलाई अनिवार्य रूपमा पूर्वसूचना दिनुपर्ने निर्णय पनि गरिएको छ।

यसैबिच, जिल्ला प्रशासन कार्यालय सर्लाहीले सार्वजनिक अपिल जारी गर्दै सामाजिक सद्भाव र शान्ति कायम राख्न सबैसँग सहयोगको आग्रह गरेको छ।

शुक्रबार बिहानसम्म जिल्लाको शान्ति–सुरक्षाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार सदरमुकाम मलङ्गवासहित जिल्लाका केही स्थानमा शान्तिपूर्ण रूपमा सामान्य प्रदर्शन भए पनि समग्र अवस्था सामान्य रहेको छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर