नेभिगेसन मेनु

चन्द्रागिरि–थानकोटको प्राचीन व्यापारिक मार्ग प्रवर्द्धन गर्न अवलोकन भ्रमण सम्पन्न
सम्पादक:南亚网络电视
समय:2026-06-30 20:53

 

 Image_20260630111549_1436_8

काठमाडौं, असार १६ – चन्द्रागिरि–थानकोट क्षेत्रको प्राचीन व्यापारिक मार्ग, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले शनिबार विशेष अवलोकन भ्रमण सम्पन्न भएको छ।

नेपाल पर्यटन विकास व्यवसायी संघ (NTDEA) र चन्द्रागिरि नगरपालिका वडा नं. ४ को संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपाल पर्यटन बोर्ड, हनुमानढोका दरबार सङ्ग्रहालय, TAAN, TURGAN, VITOF, NTVA लगायतका पर्यटनसँग सम्बन्धित संघ–संस्था, पर्यटन व्यवसायी, अनुसन्धानकर्ता तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको सुरुआत थानकोटस्थित चुनदेवी मन्दिरबाट भएको थियो। सहभागीहरूले प्राचीन व्यापारिक पदमार्ग हुँदै देउराली भालेश्वर महादेव मन्दिर र आदिनारायण मन्दिरको अवलोकन गरेका थिए।

उद्घाटन समारोहमा वडा अध्यक्ष तथा नगर प्रवक्ता कृष्णप्रसाद खड्गीले स्थानीय ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदालाई पर्यटनसँग जोडेर स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

नेपाल पर्यटन बोर्डका कार्यवाहक निर्देशक सुनिल शर्माले नेपालको मौलिक संस्कृति र सम्पदाको प्रभावकारी प्रवर्द्धनका लागि डिजिटल स्टोरीटेलिङ आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

NTDEA का अध्यक्ष अच्युत सिग्देलले चन्द्रागिरि क्षेत्र हाइकिङ, सम्पदा तथा अनुसन्धान पर्यटनका लागि अत्यन्त सम्भावनायुक्त गन्तव्य रहेको उल्लेख गर्दै यसको दीर्घकालीन विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।

कार्यक्रमअन्तर्गत सहभागीहरूले करिब दुई घण्टा तीस मिनेट पदयात्रा गर्दै चन्द्रागिरि केबलकार स्टेशन पुगेका थिए। त्यसपछि चन्द्रागिरि हिल्समा आयोजित अन्तरक्रिया कार्यक्रममा पर्यटन विकास, गन्तव्य ब्रान्डिङ, डिजिटल प्रवर्द्धन, ग्रामीण पर्यटन तथा वेलनेस पर्यटनका विषयमा छलफल गरिएको थियो।

सो अवसरमा विभिन्न वक्ताहरूले चन्द्रागिरि–थानकोट क्षेत्रको ऐतिहासिक व्यापारिक मार्ग, धार्मिक सम्पदा र प्राकृतिक पदमार्गलाई संरक्षण गर्दै दिगो पर्यटन गन्तव्यका रूपमा विकास गर्न जोड दिएका थिए।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर