
काठमाडौँ, असार ५ गते । सोमबारबाट सुरु भएको मगर समुदायले मनाउने भूम्या (भूमे) पर्व सकिएको छ। नेपाल मगर सङ्घले बुधबार काठमाडौँमा भूम्याको आयोजनामा गरी मनाउन सुरु गरेको सांस्कृतिक कार्यक्रम सकिएको हो।
भूमिको पूजा गरी मनाइने यो पर्व रिडी नदी पश्चिम क्षेत्रका मगर समुदायले मनाउने गर्दछ । मगर समुदायले प्राकृतिक प्रकोप नलागोस्, अन्न उब्जनी राम्रो होस्, रोगब्याधी नलागोस् भनी आफू बसोवास गर्ने भूमिको पूजा गरी यो पर्व मनाउछन् । भूम्या नाच २२ चालामा नाचिन्छ ।
















