नेभिगेसन मेनु

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा ललितपुरमा ‘मोडा योग फेस्टिभल २०२६’ आयोजना हुने
सम्पादक:南亚网络电视
समय:2026-06-18 19:05

 

 ScreenShot_2026-06-18_164734_076

एस् ए टिभी, असार ४ – अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा मोडा योग स्टुडियोले असार ७ गते (जुन २१) ललितपुरको बखुण्डोलस्थित कुण्डलिनी आयुर्वेदमा ‘मोडा योग फेस्टिभल २०२६’ आयोजना गर्ने भएको छ। योग, संगीत, कला तथा समग्र स्वास्थ्य प्रवर्द्धनलाई केन्द्रमा राखेर आयोजना हुन लागेको उक्त कार्यक्रम दिनभर सञ्चालन हुनेछ।

कार्यक्रम बिहान ७ बजे मोडा योग टोलीद्वारा सञ्चालन गरिने निःशुल्क सामुदायिक हठ योग सत्रबाट सुरु हुनेछ। त्यसपछि पिज्जा महर्जन र उनको टोलीले निःशुल्क इन्भर्जन तथा ह्यान्डस्ट्यान्ड कार्यशाला सञ्चालन गर्नेछन्, जहाँ सहभागीहरूले सन्तुलन, शक्ति र शरीरको लचकतासम्बन्धी अभ्यास गर्न सक्नेछन्।

बिहानको विशेष आकर्षणका रूपमा काठमाडौंका लाइफस्टाइल, फिटनेस तथा वेलनेस क्षेत्रका कन्टेन्ट क्रिएटरहरूलाई लक्षित गरी विशेष योग, साउन्ड हिलिङ तथा वेलनेस ब्रन्च कार्यक्रम आयोजना गरिनेछ। रोनाली अमात्य र उनको टोलीको नेतृत्वमा हुने उक्त कार्यक्रमले वेलनेस संस्कृतिको प्रवर्द्धन गर्नुका साथै नेटवर्किङको अवसर प्रदान गर्ने आयोजकको विश्वास छ।

दिउँसो १ः३० बजेदेखि कार्यक्रमस्थलमा ‘कन्सस मार्केटप्लेस’ सञ्चालन हुनेछ। यहाँ स्थानीय अर्गानिक उत्पादन, दिगो फेसन, खाद्य सामग्री तथा समग्र स्वास्थ्यसँग सम्बन्धित विभिन्न ब्रान्ड र व्यवसायहरूको सहभागिता रहनेछ।

साँझतिर रोशन महर्जन र उनको टोलीको लाइभ इन्स्ट्रुमेन्टल प्रस्तुतिले कार्यक्रमलाई सांगीतिक माहोल प्रदान गर्नेछ। कार्यक्रमको समापन साजल न्यौपाने र उनको टोलीद्वारा प्रस्तुत गरिने ‘सनसेट कीर्तन कन्सर्ट’ मार्फत हुनेछ, जहाँ भक्ति संगीत र सामूहिक उत्सवको अनुभव लिन सकिनेछ।

आयोजकका अनुसार योग, संगीत, कला, सचेत जीवनशैली र सामुदायिक सहभागितालाई एकै स्थानमा जोड्ने उद्देश्यका साथ आयोजना गरिएको मोडा योग फेस्टिभल २०२६ अन्तर्राष्ट्रिय योग दिवसको विशेष उत्सवका रूपमा रहनेछ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर