नेभिगेसन मेनु

कोहलपुर गोल्डकपः आयोजक रेसिङ साहारा विजयी
सम्पादक:南亚网络电视
समय:2026-05-03 12:58

 

 kpl-goldcup-photo

काठमाडौँ, वैशाख २० गते । बाँकेको कोहलपुर २ स्थित तेह्र बिघा खेल मैदानमा आजदेखि सुरु भएको ‘कोहलपुर गोल्डकप’को चौथो संस्करणको उद्घाटन खेलमा आयोजक रेसिङ साहारा क्लब टविजयी भएको छ । 

शनिबार भएको उद्घाटन खेलमा आयोजक रेसिङ साहारा क्लबले २–१ गोलको अन्तरले पञ्चकोशी युवा क्लब सुदूरपश्चिमलाई हराएको हो । 

प्रतियोगितामा आयोजक साहारा क्लबले पहिलो हाफमा दुई गोल गरेको थियो । क्लबका लागि पहिलो हाफको २३ मिनेट ४३ सकेन्डमा विेदशी खेलाडी अद्धुल टि रुरोकीको कर्नर किकको सहयताबाट जर्सी नम्बर १५ का विदेशी खेलाडी पेपेले पहिलो गोल गर्नुभयो ।

यस्तै क्लबका लागि ४३ मिनेट १० सेकेन्डमा जर्सी नम्बर ११ का फागुराम चौधरीले दोस्रो गोल गर्नुभयो । पहिलो हाफमा केही अवसरहरु पाए पनि पञ्चकोशी युवा क्लब सुदूरपश्चिमले गोल गर्न सफल भएन । ड

त्यस्तै दोस्रो हाफमा भने खेल निकै रोमाञ्चक बन्यो । दोस्रो हाफमा फरक रणनीतिका साथ मैदान उत्रिएको पञ्चकोशीले साहारा क्लबलाई दबाबमा राख्यो । फलस्वरुप पञ्चकोशीले खेलको ८७ मिनेट ५२ सकेन्डमा जर्सी नम्बर ३० का खेलाडी नुसाहारा उप्रेतीले जवाफी एक गोल फर्काए पनि हार व्यहोर्न पुग्यो ।

‘म्यान अफ द म्याच’ रेसिङ साहारा क्लबका जर्सी नम्बर १५ का पेपे घोषित हुनुभयो । उहाँले नगद पाँच हजार रुपियाँ प्राप्त गर्नुभयो । प्रतियोगितामा आयोजक रेसिङ सहारा क्लब (कोहलपुर, बाँके), पञ्चकोशी युवा क्लब (सुदूरपश्चिम), लालीगुराँस एसोसिएसन क्लब (पोखरा), सातदोबाटो युवा क्लब (ललितपुर), जस्ट जोन एफसी (नाइजेरिया), रोयल फुटबल क्लब (कर्णाली), राइजिङ स्टार क्लब (नवलपरासी) र विभागीय टिम नेपाल पुलिस क्लब सहभागी छन् ।

प्रतियोगिताको दोस्रो दिन आइतबार जस्ट जोन एफसी नाइजेरिया र रोयल फुटबल क्लब कर्णाली प्रदेशबिच खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले आठ लाख तथा उपविजेताले चार लाख रुपियाँको नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रथम कोहलपुर गोल्डकपको उपाधि एफसी क्लब क्यामरुन (क्यामरुन) ले जितेको थियो । दोस्रो संस्करणको ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप–२०८०’ को उपाधि त्रिभुवन आर्मी क्लब र ‘तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप–२०८१’ को उपाधि राइजिङ स्टार फुटबल क्लबले जितेको थियो । प्रतियोगिता वैशाख २६ गतेसम्म सञ्चालन हुनेछ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर