नेभिगेसन मेनु

सडक सुरक्षा सुधारको प्रतिबद्धता
सम्पादक:南亚网络电视
समय:2026-05-03 12:49

 

 PM-Office

काठमाडौँ, वैशाख २० गते । सरकारले सडक सुरक्षा प्रणालीमा आवश्यक नीति र संरचनागत सुधार गर्न प्रतिवद्ध रहेको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले शनिबार प्रेस विज्ञप्ति जारी गरी उक्त प्रतिबद्धता जनाएको हो । 

वैशाख १७ गते दिउँसो रोल्पाको थवाङ गाउँपालिका–१, सल्यापमा २० जनाको मृत्यु हुने गरी भएको जिप दुर्घटनाले सिङ्गो राष्ट्रलाई शोकमग्न बनाएको भन्दै अध्ययन समितिबाट आएको निष्कर्षलाई तत्काल कार्यान्वयनमा लैजाने प्रतिबद्धता सरकारले गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘सडक दुर्घटना नागरिकको जीवन र परिवारको भविष्यसँग जोडिएको अत्यन्तै गम्भीर विषय भएकाले यसमा देखिएका प्राविधिक तथा मानवीय कमजोरी सुधार्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय दृढताका साथ अघि बढ्ने छ ।’ 

अध्ययन समितिको प्रतिवेदन प्राप्त हुनासाथ त्यसका निष्कर्ष र सुझावलाई तत्काल कार्यान्वयनमा लैजान तथा देशभरकै सडक सुरक्षा प्रणालीमा आवश्यक नीतिगत र संरचनागत सुधार गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पूर्ण प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ । सल्याप सवारी दुर्घटनाको सूक्ष्म छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न प्रधानमन्त्रीकै नेतृत्वमा रहेको गृह मन्त्रालयले तत्कालै लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ तुलसीपुरका प्रहरी उपरीक्षकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन भएको थियो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पुनः मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर