नेभिगेसन मेनु

राष्ट्रिय जुनियर टेनिसमा दर्शिल र सारालाई स्वर्ण पदक
सम्पादक:南亚网络电视
समय:2026-04-22 10:17

 

 Untitled-3

काठमाडौँ, वैशाख ९ गते । पोखरामा पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता आज सम्पन्न भएको छ। कास्की जिल्ला टेनिस सङ्घले आयोजना गरेको प्रतियोगिता पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा यही वैशाख ५ गतेदेखि सञ्चालन भएको हो ।

प्रतियोगितामा १८ वर्षमुनिको ‘ब्वाइज सिंगल्स’ तर्फ दर्शिल श्रेष्ठले स्वर्ण पदक जितेका छन् । यसैगरी, ‘गल्र्स सिंगल्स’तर्फ सारा पन्तले १२ र १४ वर्षमुनि गरी दुवै विधामा स्वर्ण जित्न सफल हुनुभएको छ।

दर्शिलले फाइनलमा शाश्वत बज्राचार्यलाई ६–४, ६–३ को सोझो सेटमा पराजित गरी च्याम्पियन बन्नुभएको हो । यू–१६ ‘ब्वाइज’तर्फ सन्दीप विकले स्पन्दन उदासलाई ६–२, ३–६, ६–१ ले फाइनलमा पराजित गरी स्वर्ण पदक जिते भने सन्दीपले रजत पदक हात पार्नुभयो । यू–१६ गल्र्सतर्फ श्वरा थापाले स्वर्ण जित्नुभयो भने भने ऐरा खत्री रजत पदकमा सीमित हुनुभयो । श्वराले फाइनलमा ऐरालाई ४–६, ६–२, ६–१ को सङ्घर्षपूर्ण जित निकाल्नुभयो । यू–१२ गल्र्सतर्फ सारा पन्तले फाइनलमा नाइरा घलेलाई ६–२, ६–१ ले हराउनुभयो । 

यसैगरी, यू–१४ तर्फ साराले श्वरा थापालाई ६–४, ६–१ को सहज जित निकाल्दै दुवै विधामा स्वर्ण पदक जित्दा श्वाराले रजत पदक हात पार्नुभयो। यू–१२ ब्वाइजतर्फको फाइनलमा वेदान्त चालिसेले अरित मल्ललाई पराजित गरी स्वर्ण पदक जित्नुभयो । वेदान्तले अरितलाई फाइनलमा ३–६, ७–६ र ६–२ ले पराजित गरेका थिए ।

यसैगरी, यू–१० ब्वाइजतर्फ कायान चालिसेले फाइनलमा सोनाम घलेलाई ६–२, ६–४ को सोझो सेटमा पराजित गरी स्वर्ण पदक जित्दा यू–१४ तर्फ आरित मल्लले वेदान्त चासिलेलाई फाइनलमा ६–४, ६–१ ले पराजित गरी स्वर्ण पदक जिते भने आरितले रजत पदक हात पार्नुभयो ।

प्रतियोगितामा विजेता खेलाडीहरूलाई प्रतियोगिताका मुख्य प्रायोजक कुमारश्री मोहनबहादुर शाही, उनका नाति भिग्नजित शाही, नेपाल टेनिसका उपाध्यक्ष विनोद कायस्थ, केन्द्रीय सदस्य विष्णुबहादुर थापा, प्रतियोगिताका संयोजक लोकबहादुर गुरुङलगायतले पदक र प्रमाणपत्र पुरस्कार वितरण गर्नुभयो ।

प्रतियोगितामा कास्कीका १५ जना खेलाडीसहित देशका अन्य जिल्लाबाट गरी ९० खेलाडीको सहभागिता रहेको छ । रासस

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर