नेभिगेसन मेनु

केरामा अस्वाभाविक मूल्यवृद्धि
सम्पादक:南亚网络电视
समय:2026-04-22 09:52

 

 banana

काठमाडौँ, वैशाख ९ गते । बजारमा व्यवसायीले कृत्रिम अभाव देखाएर केरामा अस्वाभाविक मूल्यवृद्धि गराएका छन् । सरकारले भारतबाट आयात हुने केरामा प्रतिबन्ध लगाएका बेला व्यापारीले अभाव देखाएर मनपरी मूल्य बढाएका हुन् । 

बजारमा अहिले एक दर्जन केराको मूल्य बढेर तीन सय रुपियाँदेखि चार सय रुपियाँ पुगेको छ । नेपाल केरा उत्पादक महासङ्घका तदर्थ समितिले मङ्गलबार पत्रकार सम्मेलन गरेर व्यापारीले आयात रोकिएको बहानामा अभाव देखाएर केरामा मूल्यवृद्धि गराएको जनाएको छ । 

महासङ्घका अध्यक्ष विष्णुहरि पन्तले किसानको मूल्य धेरै नबढे पनि केही व्यवसायीले केरामा कालोबजारी देखाएर दोब्बर मूल्यवृद्धि गरेको जानकारी दिनुभयो । किसानले पाउने मूूल्य प्रतिदर्जन काँचो केरा ५० देखि ७० रुपियाँ रहेको उहाँको भनाइ छ । केरामा भइरहेको कालोबजारी नियन्त्रण गर्न सम्बन्धित निकायलाई पत्राचार गरिएको महासङ्घले जनाएको छ । 

महासङ्घका अनुसार नेपालमा वार्षिक नौ लाख मेट्रिक टन केरा आवश्यक पर्ने गर्छ । हाल सात लाख मेट्रिक टन उत्पादन भइरहेकाले दुई लाख मेट्रिक टन अझै अपुग रहेको छ । वैशाख, जेठ र असारमा बजारमा केराको खपत बढी हुने गर्छ । अन्य सिजनमा भने केराको खपत कम हुने गर्छ ।    

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर