नेभिगेसन मेनु

क्रिकेटले खुसी र फुटबलले दुःखी बनाएको वर्ष
सम्पादक:南亚网络电视
समय:2026-04-14 13:48

 

 233

काठमाडौँ, वैशाख १ गते । अहिले हरेक क्षेत्र केही स्वर्णिम अध्याय जोडिने आशामा नयाँ उमङ्ग र आशाका साथ २०८३ साललाई स्वागत गर्न तम्तयार छ । खेलकुद पनि यसको अछुतो हुने छैन तर पनि हरेक क्षेत्रमा बितेको वर्षको पृष्ठपोषण त हुन्छ नै । त्यसैले सङ्क्षिप्त रूपमा २०८२ सालमा भएका नेपाली खेलकुद गतिविधिलाई फर्केर हेर्ने छौँ ।

पछिल्ला १२ महिनाको अवधि खोतल्दा नेपाली क्रिकेटमा रचिएका सफलताको कथा अगाडि आउँछ । लगातार दोस्रो र समग्रमा तेस्रो पटक आइसिसी टी–२० विश्वकपमा खेलेको नेपालले वाहवाही बटुल्यो । सो विश्वकपको पहिलो खेलमै नेपाली क्रिकेट टिम र समर्थकले क्रिकेटको जननी इङ्ग्ल्यान्डविरुद्धको खेलमा इतिहास रच्नबाट नजिक पुगेर असफल हुँदा हुने पीडाको अनुभव गरे । नेपाल दुई पटकको विजेता तथा प्रमुख उपाधि दाबेदार इङ्ग्ल्यान्डसँग चार रनले स्तब्ध भयो । नेपाललाई इङ्ग्ल्यान्डविरुद्धको खेलमा इतिहास बनाउन मात्र एक ठुलो हिटको आवश्यकता थियो । त्यसपछि नवप्रवेशी इटाली र वेस्ट इन्डिजसँग हारे पनि नेपालले आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई हराएर विश्वकपको यात्राको अन्त्य सुखद रूपमा ग¥यो । नेपालले विश्वकपमा १२ वर्षपछि जित प्राप्त गरेको हो ।

सोही वर्ष नेपालको टेस्ट मान्यताप्राप्त टिमसँग क्रिकेट शृङ्खला खेल्ने सपना पनि साकार भयो । नेपालले वेस्ट इन्डिजविरुद्ध तीन खेलको टी–२० शृङ्खला २–१ ले जितेर इतिहास नै बनायो । सन् २०१२ र २०१६ मा टी–२० विश्वकप जित्ने टिमविरुद्ध नेपालले शृङ्खला जित्छ भन्ने कमै थिए । आइसिसी विश्वकप लिग–२ का लागि स्कटल्यान्ड पुगेको नेपालले युरोपेली भूमिमा हालसम्मकै उत्कृष्ट प्रदर्शन ग¥यो । नेदरल्यान्ड्स पनि सम्मिलित सो शृङ्खलामा नेपालले अनपेक्षित रूपमा चारमध्ये तीन खेल जित्यो । सो शृङ्खलामा स्कटल्यान्डविरुद्धको खेलमा ३२१ रन बनाएर नेपाल अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा सर्वाधिक स्कोर बनाउन सफल भएको थियो । त्यसपछि भएको त्रिदेशीय टी–२० शृङ्खलामा नेपाल उपविजेता बन्यो । यस शृङ्खलामा नेपाल र नेदरल्यान्ड्सले जितको छिनाफानो गर्न तीन सुपर ओभर खेलेका थिए । जुन तीन सुपर ओभर भएको अन्तर्राष्ट्रिय क्रिकेटकै पहिलो खेल भएको छ । 

नेपाल आइसिसी विश्वकप टी–२० एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नेपाल अपराजित बनेर च्याम्पियन बन्यो । नौ राष्ट्र सहभागी प्रतियोगिताबाट नेपाल दुई खेलअघि नै विश्वकप टी–२० का लागि चयन भएको थियो । नेपाल विश्वकप छनोट प्रतियोगिता नै जितेर विश्वकप टी–२० मा पुगेको यो पहिलो पटक हो । यसै गरी नेपालको युवा टिम यु–१९ विश्वकपको एसिया छनोटमा अन्तिम बाधा पार गर्न नसक्दा नजिक पुगेर पनि विश्वकपबाट टाढियो । नेपाल क्रिकेट लिग (एनपिएल) को दोस्रो संस्करणले पनि विश्वमा चर्चा पायो  । रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स नाटकीय यात्रासहित च्याम्पियन बन्यो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर