नेभिगेसन मेनु

रापिड तथा ब्लिट्ज राष्ट्रिय बुद्धिचाल वैशाखमा
सम्पादक:南亚网络电视
समय:2026-04-09 12:30

 

 662219777_1466732391915127_8251296267867390040_n

काठमाडौँ, चैत २६ गते । राममहरी कृष्ण मानान्धर स्मृति तेस्रो रापिड तथा दोस्रो ब्लिट्ज राष्ट्रिय बुद्धिचाल प्रतियोगिता वैशाखमा हुने भएको छ । काठमाडौँ क्षेत्रपाटी क्लबले आफ्नो संस्थापक अध्यक्ष स्वर्गीय मानान्धरको स्मृतिमा वैशाख १६ देखि १८ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको हो ।

आयोजक क्लबका अध्यक्ष गोपाल मालीले बुद्धिचाल खेलको विकास तथा युवा प्रतिभा प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको बताउनुभयो ।

कूल तीन लाख रुपियाँ पुरस्कार राशी रहेको प्रतियोगितामा रापिडतर्फ दुई लाख र ब्लिट्जतर्फ एक लाख पुरस्कार रहेको छ । जसमा रापिडतर्फको विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमशः ३५, २५  १५ हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । यस्तै ब्लिट्जतर्फ विजेता, उपविजेता र तेस्रो हुनलाई क्रमशः १५, १० र आठ हजार रुपियाँ प्रदान गरिनेछ । प्रतियोगितालाई नेपाल बुद्धिचाल महासङ्घले प्राविधिक सहयोग गर्ने छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर