
काठमाडौँ, चैत २४ गते । जिल्लाको निसीखोलामा एक महिलाको शव फेला परेको छ ।
मङ्गलबार बिहान निसीखोला गाउँपालिका वडा नं ४ मा रहेको निसीखोला दोस्रो लघुजविद्युतको विद्युतगृहबाट ओभरफुलको नालीमा शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी निरीक्षक डम्मर बहादुर बोहोराले जानकारी दिनुभयो ।
घटना स्थलमा प्रहरी पुग्दै गरेको कारण घटनाको थप विवरण आउन बाँकी रहेको र मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।





