नेभिगेसन मेनु

घाइतेसँग गृहमन्त्री
सम्पादक:南亚网络电视
समय:2026-04-04 12:41

 

 ghrihamantri

काठमाडौँ, चैत २१ गते । गत भदौँ २३–२४ गतेको जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्था र भइरहेको उपचारबारे जानकारी लिन गृहमन्त्री सुधन गुरुङ अस्पताल पुग्नुभयो ।

मन्त्री गुरुङले काठमाडौँ मेडिकल कलेजमा उपचाररत जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे उपचारमा संलग्न चिकित्सक, घाइतेका परिवारसँग जानकारी लिनुभएको थियो ।

जेनजी आन्दोलनका क्रममा घाइते भएका र कतिपय अचेत अवस्थामा रहेका बिरामीको काठमाडौँ मेडिकल कलेजले निःशुल्क उपचार गरिरहेको जनाएको छ । सो अवसमा मन्त्री गुरुङले घाइतेको निःशुल्क उपचार गरेर पु¥याएको सहयोगप्रति अस्पतालका सञ्चालक डा. सुनील शर्मालाई धन्यवाद दिनुभयो । घाइतेको  निःशुल्क उपचारको व्यवस्था गरिएकाबारे डा. शर्माले गृहमन्त्री गुरुङसमक्ष जानकारी गराउनुभएको थियो । 

डा. शर्माका अनुसार अस्पतालमा भर्ना भएका अधिकांश घाइते डिस्चार्ज भइसकेका छन् । केही घाइतेको अवस्थामा सुधार हुन बाँकी रहेको र केही अझै होसमा नआएकाले अस्पतालमै राखेर उपचार भइरहेको डा. शर्माले जानकारी गराउनुभयो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षण सकेर फर्किने क्रममा मन्त्री गुरुङ जेनजी घाइेतको स्वास्थ्य अवस्था बुझ्न र परिवारका सदस्यलाई भेट्न उक्त अस्पताल पुग्नुभएको थियो । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर