नेभिगेसन मेनु

साँखुमा बज्रयोगिनी जात्रा
सम्पादक:南亚网络电视
समय:2026-04-03 13:19

 

 bajrayogini

काठमाडौँ, चैत  २० गते । साँखुमा बज्रयोगिनी जात्रा बिहीबारबाट सुरु भएको छ । जात्राका लागिका बज्रयोगिनी मन्दिरबाट बज्रयोगिनीसँगै चिभाः द्यः, सिंहमुखी र बाघमुखी मूर्तिलाई खटमा बोकेर बाजागाजासहित साँखुमा नगर प्रवेश गराइएको छ ।

गला र दुवै हातमा नागमाला, शरीरमा भोटो, दायाँ हातमा खड्ग, बायाँमा कमलको फूल, हीरामोती जडित मुकुटले सजिएकी तीन नेत्र भएकी बज्रयोगिनीलाई जात्रा गर्ने परम्परा छ । बज्रयोगिनी जात्रा काठमाडौँ उपत्यकाको साँखु (शङ्खरापुर) मा मनाइने निकै प्राचीन र प्रसिद्ध जात्रा हो। यो जात्रा बज्रयोगिनी मन्दिरसँग सम्बन्धित छ, जहाँ बौद्ध र हिन्दु दुवै समुदायका श्रद्धालु सहभागी हुन्छन् । 

चार दिनपछि मुँ जात्राका रूपमा साँखुवासीले मनाउने गर्छन्, जुनदिन साँखुवासीले आफ्ना आफन्तलाई नखत्या (भोज) बोलाउने चलन छ । जात्रामा बज्रयोगिनीको मुर्तिसँगै चिभाःद्यः, सिंहमुखी, बाघमुखी मूर्तिलाई खटमा बोकेर बाजागाजासहित साँखु बस्ती घुमाउने चलन छ । मूलत चैतेदसैँको दिनदेखि जात्रा सुरु भएको संकेतस्वरूप नाय्खीं बाजा बजाएर नगर परिक्रममा गरेर खबर गर्ने गरिन्छ । यो जात्रा चैत्र शुक्ल पूर्णिमादेखि वैशाख कृष्ण अष्टमीसम्म आठ दिन मनाइन्छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर