नेभिगेसन मेनु

फिफा विश्वकप खेल्ने टोलीको टुङ्गो
सम्पादक:南亚网络电视
समय:2026-04-02 12:52

 

 KKK-012

काठमाडौँ, चैत १९ गते । आगामी जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप–२०२६ खेल्ने ४८ वटै टोलीको टुङ्गो लागेको छ ।

विश्वकपमा पहिलो पटक ४८ देशको सहभागिता हुने भएको हो । सन् २०२३ बाट सुरु भएको छनोट महादेशीय छनोट खेलको अन्तिम चरणमा प्लेअफबाट डीआर कंगो र इराकले विश्वकपमा स्थान बनाएका छन् । 

यसपटक युरोपबाट चार पटकको च्याम्पियन इटली छनोट हुन सकेन । युरोपबाट बोस्निया–हर्जगोभिना, स्वीडेन, टर्की र चेक रिपब्लिकले स्थान बनाएका छन् ।

यस्तै युरोपबाट यसअघिनै अष्ट्रिया, बेल्जियम, क्रोएसिया, इङ्ग्ल्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, नर्वे, पोर्चुगल, स्कटल्यान्ड, स्पेन र स्वीट्जरल्यान्डले छनोट यात्रा तय गरेका थिए । 

यस्तै एसियाबाट छनोट भएका आठ टोलीमा अस्ट्रेलिया, इरान, जापान, जोर्डन, कतार, साउदी अरेबिया, दक्षिण कोरिया र उज्बेकिस्तान रहेको छ । 

उत्तर तथा मध्य अमेरिकाबाट कुरासाओ, हैटी र पनामा तथा ओसियानियाबाट न्युजिल्यान्ड छनोट भयो । दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडोर, पाराग्वे र उरुग्वेले स्थान बनाएको छ । 

अफ्रिकाबाट छनोट हुने १० टोलीमाअल्जेरिया, केप भर्डे, इजिप्ट, घाना, आइभोरी कोस्ट, मोरक्को, सेनेगल, दक्षिण अफ्रिका र ट्युनिसिया रहेको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर