नेभिगेसन मेनु

लाओससँग नेपाल पराजित
सम्पादक:南亚网络电视
समय:2026-04-01 15:45

 

 Nepal-v-Laos-Match-(2)

काठमाडौँ, चैत १८ गते । लाओसका कप्तान बोउनपाचन बाउनकोङले गरेको गोल निर्णायक बनेपछि नेपालको एएफसी एसिया कप छनोटमा सुखद अन्त्य गर्ने चाहना पूरा भएन । न्यु लाओस नेसनल स्टेडियममा भएको खेलको ४८ औँ मिनेटमा साथी खेलाडीबाट डिबक्सभित्र प्राप्त चलाखीपूर्ण पासमा बल भेट्टाएका कप्तान बाउनकोङले नेपालका गोलरक्षक किरण चेम्जोङलाई बिट गर्दै गोल गर्नुभयो । निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा मिडफिल्डर कृतिशरत्न छुन्जू बराबरी गोलको नजिक पुग्नुभएको थियो । उहाँले फ्रिकिकमा प्रहार गरेको बललाई लाओसका डिफेन्डरले गोल लाइनबाट क्लियर गरेपछि नेपाल निराश बनेको थियो ।

अन्तिम खेलमा बेहोरेको हारसँगै समूह ‘एफ’ मा रहेको नेपालले छ खेलबाट तीन अङ्कसहित छनोट सकायो । नेपालले मैदानमा खेलेर जित भने प्राप्त गर्न सकेन । मलेसियाले विदेशी खेलाडी खेलाएको भन्दै एएफसीका कारबाहीमा परेपछि नेपालले ३–० जितको नतिजासहित तीन अङ्क हात पारेको हो । सो खेलमा मलेसियाले नेपाललाई २–० ले हराएको थियो । 

लाओसले भने यसै प्रतियोगितामा नेपाललाई दुई पटक हराएर छ खेलबाट छ अङ्क बनायो । पछिल्लो खेलमा लाओसले नेपाललाई २–१ ले पराजित गरेको थियो । नेपालले लाओससँग अहिलेसम्म बेहोरेको यी दुई हार मात्र हुन् । नेपालले लाओसलाई चार खेलमा हराएको छ भने एक खेल बराबरीमा सकिएको थियो । सुरुका चार खेलमा जित हात पारेपछि नेपालले लाओसलाई हराउन सकेको छैन ।

लाओससँगको हारसँगै गुग्लिएल्मो एरिनाले पनि नेपाली राष्ट्रिय फुटबल प्रशिक्षकको पहिलो खेलमा हार बेहोर्नु भएको छ । प्रशिक्षक एरिनाले लाओसविरुद्धको खेलका लागि पाँच नयाँ अनुहारलाई टिममा सामेल गर्नुभएको थियो । जसमध्ये एपिएफका स्ट्राइकर युवराज खड्काले नियमित ११ मै परेर अन्तर्राष्ट्रिय फुटबलमा पदार्पण गर्ने अवसर पाउनुभयो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर