नेभिगेसन मेनु

काठमाडौँका पूर्वप्रमुख छवि रिजाल पक्राउ
सम्पादक:南亚网络电视
समय:2026-03-31 11:48

 

 Chhabi-rijal-1774925107

काठमाडौँ, चैत १७ गते । काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ पर्नुभएको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलबार बिहान सुविधानगरस्थित निवासबाट उहाँलाई पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) मनोहरप्रसाद भट्टका अनुसार पक्राउ पर्नुभएको पूर्वप्रमुख जिल्ला अधिकारी रिजाललाई हाल काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा राखिएको छ ।

थप अनुसन्धानका लागि  जिल्ला प्रहरी परिसर काठमाडौँ पठाउने तयारी भएको एसपी भट्टले जानकारी दिनुभयो ।

रिजाल जेनजी आन्दोलनका समयमा काठमाडौँका प्रमुख हुनुहुन्थ्यो । उहाँमाथि गत भदौमा २३–२४ गते भएको जेनसी आन्दोलनमा दमन गरेको आरोप छ ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई समेत कारबाही सिफारिस गरेको थियो । आयोगकै सिफारिसका आधारमा यसअघि तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखक गत शनिबारनै पक्राउ परिसक्नुभएको छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर