नेभिगेसन मेनु

नेपालले सेमिफाइनलमा बंगलादेशसँग भिड्ने
सम्पादक:南亚网络电视
समय:2026-03-29 11:47

 

 team---Copy-1774705882

काठमाडौं । अन्डर-२० साफ च्याम्पियनसिपको फाइनलमा पुग्नका लागि नेपालले बंगलादेशसँग खेल्ने भएको छ । 

समूह चरणमा दुई जित र एक बराबरी नतिजा निकाल्दै सेमिफाइनल पुगेको टोलीले फाइनल यात्रा तयका लागि बंगलादेशसँग भिड्ने भएको हो । 

माल्दिभ्समा सञ्चालन भइरहेको प्रतियोगिताको अर्को सेमिफाइनलमा भने भारत र भुटानबीच खेल हुनेछ। सेमिफाइनल खेलहरू आगामी बुधबार हुनेछ।

यसअघि समूह चरणमा नेपाल समूह 'ए' को विजेता बनेको थियो । नेपालले माल्दिभ्ससँग १-१ को  बराबरी खेलेको थियो भने श्रीलङ्कालाई १० तथा भुटानलाई ४- १ ले पराजित गरेको थियो। 

नेपाल समूह विजेता बन्दा  भुटान दोस्रो स्थानमा रहेर सेमिफाइनल पुगेको थियो।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर