नेभिगेसन मेनु

परम्परागत भाकाको संरक्षणमा स्थानीय गायक
सम्पादक:南亚网络电视
समय:2026-01-27 12:06

 

 humlaaaa(1)

हुम्ला, माघ १३ गते । हिमाली जिल्ला हुम्लाका स्थानीय देउडा गायक परम्परागत देउडा भाकाका गीतको संरक्षणमा लागेका छन् । आफ्ना पुर्खाले गाउँदै आएका ती गीत मिठा लाग्ने भाका र सुरिलो स्वरमा गाएर संरक्षण गर्न लागिएको हो । 

चुलिया...,  दरी..., साइगोला..., मत्तिउ..., न्याउल्या..., झुपा रेलपून... लगायतका एक दर्जनभन्दा बढी परम्परागत देउडा गीतका भाकाको संरक्षणमा हुम्लाका चर्चित देउडा गायक लागेको सिमकोट गाउँपालिका–२ का देउडा गायक नवराज भण्डारीले बताउनुभयो । सातौँ पुस्तादेखि गाउँदै आएका यी परम्परागत सुरिला स्वरमा गाइने भाकाको संरक्षण गरेर नवपुस्तालाई पनि यसमा आकर्षित गराउन हुम्लाका आधा दर्जन स्थानीय देउडा गायक लागेको उहाँले बताउनुभयो । यी देउडाका भाका चर्चित र सबैले मन पराउने गरेका थिए । स्थानीय देउडा गायकले स्थानीय परम्परागत पोसाक लगाएर देउडा गाउने गर्दै आउनुभएको छ । उहाँँहरूलाई स्थानीय देउडा पारखीले साथ दिएका छन् । विशेष गरी भण्डारी, फूलमाया शाही, भानुभक्त जैसी, परबहादुर थापा, सुस्मिता परियार, अदानसिंह कार्कीलगायतका देउडा गायक यी भाकाका देउडा गीतको संरक्षण लाग्नुभएको छ ।   

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर