नेभिगेसन मेनु

भुँवरभवानी मन्दिरमा माघी मेलाको तयारी
सम्पादक:南亚网络电视
समय:2026-01-11 11:42

bhuwar-bhawani-mandir

नेपालगन्ज, पुस २७ गते । थारू समुदायको मुख्य पर्व माघ (माघी) को अवसरमा बाँकेको राप्तीसोनारी गाउँपालिका–३, बैजापुरमा अवस्थित भुवरभवानी मन्दिरमा माघी मेलाको तयारी तीव्र पारिएको छ ।  

पुस ३० गतेदेखि माघ ४ गतेसम्म आयोजना गर्ने गरी भुवरभवानी माघी मेला सञ्चालनको तयारी तीव्र रूपमा भइरहेको राप्तीसोनारी गाउँपालिका–३ का वडाध्यक्ष एवं मेलाका संरक्षक मीनकुमार थारूले जानकारी दिनु भयो । 

उहाँका अनुसार यस वर्ष मेलालाई थप व्यवस्थित गर्दै मन्दिर संरक्षण तथा संवर्धन समितिले नै मेला सञ्चालन गर्ने भएको छ । मेलामा थारू समुदायको कला, संस्कृति झल्कने सांस्कृतिक प्रस्तुति र स्थानीय उत्पादन व्यापारिक कक्ष राखिने वडाध्यक्ष थारूले बताउनु भयो । 

विसं २०१३ सालमा स्थापना भएको भुवरभवानी मन्दिर बाँके जिल्लाकै दोस्रो ठुलो मन्दिरका रूपमा परिचित छ । माघी मेलामा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत सयौँ दर्शक तथा भक्तजनहरू आउने गरेको राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारूले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘भुवरभवानी मन्दिर नेपाल र भारतमा प्रचलित भएकाले यहाँ सञ्चालन हुने माघी मेलाको महत्त्व नै बेग्लै छ, यसको अझ प्रचारप्रसार गर्नसके टाढाबाट भक्तजनलाई ल्याउन सकिने र आस्थाको गन्तव्य बन्न सक्ने छ ।’ 

गाउँपालिकाका उपाध्यक्ष थारूले भुवरभवानी माघी मेला यस क्षेत्रकै ठुलो मेला भएको जनाउँदै धर्म र आस्थाको संरक्षणका लागि बाहिरी पर्यटन भित्र्याउन मेला सहयोगी बन्दैआएको बताउनु भयो । 

बैजापुरका स्थानीय रामअचल थारूले भुवरभवानी मन्दिर राप्तीसोनारीको प्रमुख ऐतिहासिक धार्मिक धरोहर रहेको बताउँदै यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुका साथै मन्दिर क्षेत्रको विकासका लागि गाउँपालिकाले विशेष बजेट छुट्याउनु पर्ने माग गर्नु भयो । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर