नेभिगेसन मेनु

शीतलहरले कामदार घट्दा राजमार्ग विस्तार सुस्त
सम्पादक:南亚网络电视
समय:2026-01-07 11:34

 

 Highway-Bistar-photo

सर्लाही, पुस २३ गते । कठ्याङग्रिदो चिसोको असर पूर्वपश्चिम राजमार्ग विस्तार कार्यमा समेत देखिएको छ । कमला–ढल्केबर–पथलैया सडक योजना (पूर्वी खण्ड)अन्तर्गत अहिले सर्लाही, महोत्तरी र धनुषामा राजमार्गलाई चार लेनको बनाउने काम जारी छ । आयोजनाअन्तर्गत सर्लाहीको फूलजोर–बागमतीखण्ड हेर्ने इन्जिनियर रमेश पाण्डेले केही दिनदेखि बाक्लो मात्रामा हुस्सु लाग्ने र शीतलहर चल्ने भएर अत्यधिक चिसो बढ्दा कामदार जुटाउनै मुस्किल परेको बताउनुभयो ।

चिसो असाध्य बढेदेखि काममा सुस्तता आएको इन्जिनियर पाण्डेको भनाइ छ । “चिसो धेरै हुँदा मजदुरलाई खटाउन समस्या परिरहेकाले काममा केही सुस्तता आएकै हो,” उहाँले भन्नुभयो, “जे जति कामदार उपलब्ध छन उनीहरुले त काम गरिरहेकै छन् ।”

पूर्वपश्चिम राजमार्ग विस्तारको काममा अधिकांश स्थानीय मजदुर खटिएका छन् । अहिले तीनवटै जिल्लामा कलभर्ट र पुलको काम प्राथमिकताको साथ भइरहेको छ ।

सँगै रुख काट्ने काम पनि तीनवटै जिल्लामा जारी रहेको कमला–ढल्केबर–पथलैया सडक योजना (पूर्वी खण्ड) का सूचना अधिकारी एवम् इन्जिनियर रामटहल यादवले बताउनुभयो । कमला पुलदेखि पथलैया १३० किलोमिटर पूर्वपश्चिम राजमार्ग विस्तारअन्तर्गत अहिलेसम्म धनुषा, महोत्तरी र सर्लाहीमा मात्र ठेक्का भएर काम भइरहेको छ भने रौतहट र बारामा ठेक्का लाग्नै बाँकी छ ।

कमला पुलदेखि धनुषाको जमुनिवाससम्म पहिलो खण्ड, त्यहाँदेखि सर्लाहीको फूलजोरसम्म दोस्रो खण्ड र फूलजोरदेखि बागमतीसम्म तेस्रो खण्डमा तीन अलगअलग निर्माण कम्पनिसँग सम्झौता गरी धमाधम काम भइरहेको हो । आयोजना प्रमुख एवम् सिनियर डिभिजनल इन्जिनियर राजेशकुमार दासले चिसो अत्यधिक हुँदा जङ्गल क्षेत्रमा काम गर्न मुस्किल नै रहेको बताउनुभयो ।

उहाँले बिजुलीको पोल सार्ने कामले समस्या थपिरहेको बताउनुभयो । “केही मात्रामा चिसोको असरले पनि काममा ढिलाइ भइरहेकै छ,” आयोजना प्रमुख दासले भन्नुभयो, “त्यसैमा फेरि बिजुलीको पोल काम सार्ने काम साह्रै सुस्त हुँदा समस्या खेपिरहेका छौँ ।”

बिजुलीको पोल सार्ने काम फटाफट गरिदिन आग्रह गर्दै नेपाल विद्युत प्राधिकरणको प्रादेशिक कार्यालय जनकपुरमा दिनैपिच्छेजसो धाइरहेको आयोजना प्रमुख दासको गुनासो छ । उहाँले पुरै भत्काएर नयाँ पुल बनाउनुपर्ने ठाउँमा बर्खाअघि नै पुल तथा कलभर्टको काम सक्न निर्माण व्यवसायीलाई घचघच्याइरहेको जानकारी दिनुभयो ।

सडक विभागले विश्व बैंकको ऋण सहयोगमा दुई लेनको पूर्वपश्चिम राजमार्गलाई विस्तार गरेर बजार क्षेत्रमा छ लेनसहित ३१ मिटर र अन्य ठाउँमा चार लेनसहित १८ मिटर चौडाइ गर्ने काम गरिरहेको हो । राजमार्ग विस्तारअन्तर्गत सर्लाही र रौतहटको सीमामा पर्ने बागमती नदीमा सिग्नेचर पुल बन्ने छ भने मुख्य बजारहरुमा ‘ओभरपास’ (ललितपुरको ग्वार्कोमा झैँ) समेत निर्माण हुने छन् । 

राजमार्गमा अहिले रहेका साँघुरा पुल पुरै भत्काएर नयाँ निर्माण गरिए पनि अन्य लामो आकारका पुल भने यसैलाई मर्मत गरेर छेउमा अर्को दुई लेनको नयाँ पुल निर्माण गरेर सञ्चालन गरिने छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर