नेभिगेसन मेनु

एसियन कप छनोट : नेपाल मलेसियासँग फेरि पराजित
सम्पादक:南亚网络电视
समय:2025-11-19 11:55

 

 bhai-0

काठमाडौँ, मङ्सिर ३ गते । एएफसी एसियन कप छनोटबाट बाहिरिसकेको नेपाल मलसियासँगको दोस्रो खेलमा पनि पराजित भएको छ ।

अन्तिम चरणको छनोटअन्तर्गत क्वालालम्पुरस्थित बुकित जलिल नेसनल स्टेडियममा मङ्गलबार भएको खेलमा नेपाल घरेलु टोली मलेसियासँग १–० गोलले पराजित भयो ।

मलेसियाको जितमा फैसल हलिमले ५६औँ मिनेटमा गोल गर्नुभएको थियो । नेपालले मलेसियासँग ६ महिनामा दोस्रो हार खेपेको हो । यसअघि यसै छनोटको पहिलो लेगमा नेपाल मलेसियासँग २–० गोलले पराजित भएको थियो ।

खेलको अन्तिममा १० खेलाडीमा समेटिएको नेपालको गोल फर्काउने योजना सफल भएन । ९०औँ मिनेटमा लाकेन लिम्बूले विपक्षीलाई फल हानेपछि दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिनु भएको थियो ।

नेपालको यही गल्तीमा मलेसियाले पेनाल्टी पाएपनि सदुपयोग गर्न सकेन । नेपाल र मलेसियाबिचको यस खेल घरेलु मैदान दशरथ रङ्गशालामा खेल्नुपर्ने थियो । 

तर एएफसीबाट दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय खेल खेल्न अयोग्य ठहरिएपछि नेपालले घरेलु खेल पनि मलेसियाकै मैदानमा खेल्नु परेको हो । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर