नेभिगेसन मेनु

डोटीमा जिप दुर्घटना : एक जनाको मृत्यु, आठ घाइते
सम्पादक:南亚网络电视
समय:2025-06-01 16:49


doti

 एस् ए टी भी १८ जेष्ठ, काठमाडौँः डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना यात्रु घाइते भएका छन् । जिल्लाको केआइसिंह गाउँपालिका–५ केदार गाउँमा जिप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बोगटान फुड्सिल गाउँपालिकाबाट दिपायल आउँदै गरेको सु.प.प्र. ०१ ००१ ज १४६४ नम्बरको जिप दुर्घटना भएको हो ।

प्रहरी निरीक्षक नवराज रावलले आइतबार बिहान ९ः३५ बजेको समयमा मोडमा जिप अनियन्त्रित भई दुघर्टना भएको बताउनुभयो । जिप सडकबाट एक सय मिटर तल खसेको जनाइएको छ ।

दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका ४२ वर्षीय मिनबहादुर बमको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१८ फूलबारी बस्ने जिप चालक हरिचन्द्र चौधरीसहित आठ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा बोगटान फुड्सिल गाउँपालिका – ६ गगुडा कै ५० वर्षीया चना देवी चन्द, सोही ठाउँका ४० वर्षीया महेश्वरा देवी चन्द, ४२ वर्षीया बिर्मा देवी चन्द हुनुहुन्छ । त्यस्तै, बोगटान फुड्सिल गाउँपालिका–२ चाल्साका १९ वर्षीय धनबहादुर बम, केआईसिंह गाउँपालिका–४ वायलका ४७ वर्षीय नरेशप्रसाद जोशी, डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका– ३ सकायलकी २३ वर्षीया राधिका देउवा र उहाँको दुई वर्षीया छोरी रियान्सा देउवा घाइते हुनुभएको छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर