एस् ए टी भी जेठ १,काठमाडौंः कञ्चनपुरमा मलामी जाँदै गरेका एक जनाको सडक दुर्घटनामा मृत्यु भएको छ।जिल्लाको भीमदत्त नगरपालिका–८ तिलाचौरका ४२ वर्षीय नकुल राना छिमेकीको मलामीमा जाँदै गर्दा दुर्घटनामा परेका हुन्।
भीमदत्त नगरपालिका–९ स्थित ब्रह्मदेव क्षेत्रमा म १ त ९२५ नम्बरको ट्याक्टरबाट खसेर घाइते भएका रानालाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो।
तर, अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। राना सशस्त्र प्रहरी बलबाट सेवा निवृत्त हवलदार थिए।