नेभिगेसन मेनु

२४ करोड लगानीको पुल नौ वर्षदेखि अलपत्र
सम्पादक:南亚网络电视
समय:2025-04-20 12:06

pool

एस् ए टी भी ०७ वैशाख, काठमाडौँः कञ्चनपुरको कृष्णपुर नगरपालिका  र लालझाडी गाउँपालिका भुली पर्सिया जोड्ने दोदा नदीको पुल सम्झौता भएको नौ वर्षसम्म अझै निर्माण हुन सकेको छैन । नियामक निकायले निर्माण कम्पनीलाई कडाइ नगर्दा पुल अलपत्र परेको हो । 

पुल नहुँदा सयौँ यात्रुले सास्ती भोग्न बाध्य छन् । पुल निमार्णका लागि २०७२ पुसमा लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग रु २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार पुल निमार्णको काम २०७५ पुससम्म सम्पन्न गर्नुपर्ने भए पनि सम्झौता भएको नौ वर्षसम्म पनि निर्माण हुन सकेको छैन । 

डिभिजन सडक कार्यालयका सब इन्जिनियर भोजराज रानाका अनुसार पुल निमार्णको सम्झौताअनुरूप त्यति बेला काम सुरु भएर तीन पिलरसम्म निर्माण भएका थिए । तर पुलको फाउन्डेसनमा समस्या देखिएपछि पुल निर्माण हुन नौ वर्ष लाग्यो । पिलरको फाउन्डेसनमै समस्या देखिएपछि लागत नबढ्ने गरी डिजाइन परिवर्तन गरेर अर्को स्थानमा पुल निर्माण गर्नुपरेको उहाँले बताउनुभयो ।

यता स्थानीयवासी र सरोकारवालाहरूले भने करोडौँ खर्च गरेर पुलको डिजाइन स्टमेट गरी पुलको ठेक्का लगाएर फेरी डिजाइन नमिलेको भन्दै पुनः डिजाइन गर्नु हास्यास्पद भएको र राज्य कोष रित्याएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् ।  सम्बन्धित कार्यालयकै आफन्तबाट फिल्डमा नपुगी कोठामा बसेर गुगल नक्सा हेरेर डिजाइन गर्ने गर्नाले राज्यले बढी व्ययभार बोक्नु परेको र पुल निर्माणमा ढिलासुस्ती हुँदा सास्ती भोग्नु परेकाले यसको गहिरो छानबिन गरी कारबाही गर्न माग गरेको छ । 

दोदा नदीमा पुल नहुँदा वर्षौँदेखि यहाँका स्थानीयवासीले आवतजावतमा समस्या झेल्दै आएका छन् । बर्खा याममा ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । खोलामा पुल नहुँदा नदी तर्ने क्रममा केही वर्ष अगाडि लालझाँडीका दुई जनाले ज्यान गुमाइसकेको स्थानीय रघुवीर राना बताउँछन् ।  

पुल निर्माणका लागि २०७२ सालमा सम्झौता भए पनि पुलको फाउन्डेसनमा समस्या आएकाले पुनः डिजाइन परिवर्तन गरेर अर्को स्थानमा पुल बनाउनुपर्ने हुँदा निर्माणमा ढिलाइ भएको सब इन्जिनियर रानाले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर