नेभिगेसन मेनु

भारत-पाकिस्तान तनाव: नेपालमा सुरक्षा सतर्कता बढाउन निर्देशन
सम्पादक:南亚网络电视
समय:2025-05-07 18:29

 

suraksha samyantra

एस् ए टी भी २४ वैशाख, काठमाडौँः भारत र पाकिस्तानबिच बढ्दो तनावका कारण नेपालमा सम्भावित असरलाई मध्यनजर गर्दै केन्द्रीय सुरक्षा समितिको बैठकले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएको छ।

बुधबार दिउँसो गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा भारत-पाकिस्तान तनावका कारण नेपालमा पर्न सक्ने प्रभावबारे छलफल भएको मन्त्री लेखकको सचिवालय स्रोतले जनाएको छ।

छलफलमा सीमा क्षेत्रमा निगरानी र जाँच कडा पार्ने, अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचलाई थप प्रभावकारी बनाउने र अवैध घुसपैठ रोक्न समन्वयात्मक रणनीति अपनाउने विषयमा निर्णय भएको छ।

बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र नेपाली सेनाका बलाधिकृत रथी निर्मलकुमार थापा सहभागी थिए।

स्रोतका अनुसार, सीमा क्षेत्रमा थप सुरक्षा व्यवस्थापनका लागि आवश्यक सर्कुलर जारी भइसकेको छ। बैठकले तीनै तहका सुरक्षा निकायलाई समन्वयात्मक रूपमा सुरक्षा रणनीति कार्यान्वयन गर्न निर्देश गरेको छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर