नेभिगेसन मेनु

गर्मी छल्न स्वर्गद्वारीमा आउन थाले पर्यटक
सम्पादक:南亚网络电视
समय:2025-04-08 12:39

Photo-Sworgadwari-Hawan-Kunda

एस् ए टी भी २६ चैत्र, काठमाडौँः बाह्रै महिना चिसो हुने जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारीमा अहिले पर्यटकहरु आउने क्रम बढ्दो छ । गर्मीयाम सुरु भएसँगै नेपाल विभिन्न ठाउँ र भारतबाट आउने तीर्थयात्री बढेका छन् ।

दुई हजार एक सय मिटर उचाइमा रहेको स्वर्गद्वारीमा बाह्रै महिना चिसो हुने र गर्मीयाममा समेत चिसो वातावरण हुने आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरि अधिकारीले बताउनुभयो । उहाँका अनुसार लालिगुराँस फुल्ने र काफल पाक्ने समय समेत भएकाले यो समयमा धेरै पर्यटक स्वर्गद्वारी पुग्ने गर्दछन् । सडक सुविधाका कारण समेत तीर्थयात्री बाह्रै महिना स्वर्गद्वारी पुग्न थालेका अधिकारीले बताउनुभयो ।

भारत तथा नेपालका विभिन्न ठाउँबाट तीर्थयात्री आउने गरेको भिंगृका होटल व्यवसायी दुर्गा बोहोराले जानकारी दिनुभयो ।

“दैनिक स्वर्गद्वारीमा आउने भक्तजन हुन्छन्,” उहाँले भन्नुभयो, “अहिले सडक कालोपत्रे भएपछि साना गाडी पनि आउन थालेका छन ।” गत वर्ष करोड बढी लगानीमा सडक डिभिजन र सडक पूर्वाधार कार्यालयले जोखिम स्थानको बाटो छेउमा रेलिङ र जाली पर्खाल समेत बनाएको छ ।

स्वर्गद्वारीमा वैशाखे पूर्णिमा, तिहारको औंशी, दसैँको फुलपाती, माघे सङ्क्रान्तिमा विशेष पूजा तथा मेला लाग्ने गर्दछ । स्वर्गद्वारीमा नेपाल लगायत भारतका विभिन्न ठाउँबाट करीब वार्षिक पाँच लाख पर्यटक आउने आश्रमको तथ्याङ्क छ ।

वि.सं. १९९६ सालमा रोल्पाको सखी गाविसको रुम्टीे गाउँमा महाप्रभुको जन्म भएको थियो । १९५२ सालमा प्रभुले स्वर्गद्वारी आश्रममा बौद्धिक मन्त्रबाट दिप प्रज्वलन गरी स्थापना गर्नुभएका अखण्ड महायज्ञ अहिले पनि निरन्तर बलिरहेको छ । महाप्रभुको १९९७ मार्ग शुक्ल चौथीका दिन निधन भएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर