नेभिगेसन मेनु

स्वास्थ्य मन्त्रालयले गुनासो सुन्न सञ्चालनमा ल्यायो ‘हेल्लो स्वास्थ्य’
सम्पादक:南亚网络电视
समय:2024-12-10 11:58

Hello-Swasthya-1733801089

एस् ए टी भी २५ मंसिर, काठमाण्डौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गुनासो सुन्नका लागि ‘हेल्लो स्वास्थ्य’ कल सेन्टर सञ्चालनमा ल्याएको छ।

स्वास्थ्य मन्‍त्रालय तथा मातहतका स्वास्थ्य संस्थाको सेवा सम्बन्धी गुनासो गर्न हेल्लो स्वास्थ्यको सुरूवात गरेको हो।

बिहान ८ बजदेखि बेलुकी ८ बजेसम्म १११५ नम्बरमा फोन गरेर गुनासो टिपाउन सकिने मन्त्रालयले जनाएको छ।

यसैगरी ह्वाट्सएप र भाइबर नम्बर ९८५१३३०५९२, मन्त्रालयको फेसबुक तथा एक्स (ट्विटर): @mohpnep, इमेल hellohealth@mohp.gov.np साथै सोझै मन्त्रालयमा वा हुलाक मार्फत मन्त्रालयमा तपाईंले आफ्नो गुनासो पठाउन सकिने पनि जनाएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर