नेभिगेसन मेनु

बोलेरो दुर्घटनामा चालकको मृत्यु, पाँच जना घाइते
सम्पादक:南亚网络电视
समय:2024-12-09 16:53

accident

एस् ए टी भी २४ मंसिर, काठमाण्डौंः पहाडी गाउँपालिका लिमचुङबुङमा बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु गएको छ। सदरमुकाम गाईघाटदेखि लिमचुङबुङको बाराहातर्फ जाँदै गरेको बा १ च ३२६७ नं. को बोलेरो सोमबार मध्यान्ह १२ः०० बजे दुर्घटना भएको थियो। दुर्घटनामा चालकको मृत्यु भएको हो।

लिमचुङबुङ ४ छाताङस्थित तिनचोकेको घुम्ती सडकमा ब्रेक फेल भई भएको दुर्घटनामा परी चालक त्रियुगा नगरपालिका १६ सुकौराका २६ वर्षीय युवराज तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी निरीक्षक सन्तोष कार्कीका अनुसार चालक तामाङको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा परी जिपमा सवार ५ यात्रु घाइते भएका छन् भने एक जना सकुशल रहेको इन्स्पेक्टर कार्कीले बताए। इलाका प्रहरी कार्यालय बाराहाको टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरी उपचारार्थ स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचारपछि जिल्ला अस्पतालतर्फ ल्याउने काम भइरहेको छ।

घटनास्थलको कानुनी प्रक्रिया पुरा गरेर मृतकको शव पोस्टमार्टम लागि गाईघाट ल्याउने तयारी भइरहेको इन्स्पेक्टर कार्कीले बताएका छन्। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर