एस् ए टी भी २४ मंसिर, काठमाण्डौंः आइतबार दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)ले ४० औं चार्टर दिवस मनाएको छ। सार्कको स्थापना ८ डिसेम्बर १९८५ मा बङ्गलादेशको राजधानी ढाकामा भएको पहिलो शिखर सम्मेलनमा सदस्य राष्ट्र प्रमुखहरूले चार्टर स्वीकार गरेपछि भएको थियो।
सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, बङ्गलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिन, भुटानका प्रधानमन्त्री टसरेङ टोबगे, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ, श्रीलंकाका राष्ट्रपति अनुप कुमार डिस्सानायके लगायतले विशेष सन्देश जारी गरेका छन्।
सार्कका नेताहरूले जारी गरेको सन्देशमा क्षेत्रीय सहकार्य र एकताको महत्त्वमा जोड दिँदै, दक्षिण एशियामा शान्ति, समृद्धि र प्रगतिको साझा उद्देश्यको लागि प्रतिबद्धतामा जोड दिइएको छ।
सार्कका महासचिवले पनि यस अवसरमा सार्कको संस्थागत संरचनामा भएको प्रगति र भविष्यका लागि नयाँ संकल्पको महत्त्वबारे जानकारी गराए। ४० औं चार्टर दिवसको अवसरमा आउँदो बिहीबार (१२ डिसेम्बर)मा काठमाडौंमा कूटनीतिक कार्यक्रम पनि आयोजना गरिने जनाइएको छ।