नेभिगेसन मेनु

नेपालका राजनीतिक दलहरू ‘एक चीन सिद्धान्त’ प्रति प्रतिबद्ध : प्रधानमन्त्री
सम्पादक:南亚网络电视
समय:2024-12-04 14:24

1733289732_2x-1200x560

एस् ए टी भी १९ मङ्सिर काठ्माण्डौंः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन बुद्ध र कन्फ्युसियसको भूमि रहेको उल्लेख गर्दै सामंजस्यपूर्ण सह–अस्तित्व र स्थायी मित्रताको समृद्ध साझा इतिहासलाई प्रतिनिधित्व गर्नुपर्ने बताएका छन् ।

चीनको औपचारिक चार दिने भ्रमणमा बेइजिङमा रहेका प्रधानमन्त्री ओलीले मंगलबार पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्दै भरपर्दो छिमेकी र कहिल्यै नटुट्ने साझेदारको रूपमा दुई राष्ट्रले आपसी हितका विभिन्न क्षेत्रमा नजिकबाट सहकार्य गर्न आवश्यक रहेको बताए ।

उनले ‘नेपालका सबै राजनीतिक दलहरु ‘एक चीन सिद्धान्त’ प्रति प्रतिबद्ध रहेको’ पनि उल्लेख गरे । उनले साझा समृद्धि र सफलता सहयोगको भावनामा बेल्ट एण्ड रोड इनिसिएटिभ जस्ता राष्ट्रपति सीको दूरदर्शी पहलको प्रशंसा गरे ।

‘चीनले आफ्ना ८० करोड जनतालाई गरिबीबाट बाहिर निकालेको छ । र, ‘खुशीसँग समृद्धि’ को प्रेरणादायी उदाहरण स्थापित गरेको छ । जहाँ विकासले कल्याण र समानतालाई समेट्छ,’ ओलीले सम्बोधनको क्रममा भने ।

चीनको चमत्कारी आर्थिक विकासले नेपाललाई आफ्नै विकास यात्रामा लाग्दा बहुमूल्य पाठ सिकेको उनको भनाई थियो । ‘नेपाल र चीनले साझा समृद्धि र स्थायी मित्रताको भविष्यको परिकल्पना गर्न सक्छन् । जुन पारस्परिक सम्मान र सबैका लागि राम्रो संसारको खोजीमा प्रेरित भएर हो,’ उनले भने ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर