एस् ए टी भी १४ मङ्सिर, काठमाण्डौंः नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१र८२ को लागि जारी गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले नीतिगत व्यवस्थामा कुनै परिवर्तन नगरी मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा सार्वजनिक गरेको हो।
गत साउनमा सार्वजनिक मौद्रिक नीतिको कार्यदिशालाई नै निरन्तरता दिइएको छ । यसअघि कै नीति बमोजिम मूल्य स्थिरता तथा बाह्य क्षेत्र स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुग्ने राष्ट्रबैंकको अपेक्षा छ।
मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोरअन्तर्गतको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरलाई ३.०० प्रतिशत र ब्याजदर करिडोरअन्तर्गतको माथिल्लो सीमाको रूपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको छ ।