नेभिगेसन मेनु

काठमाडौं विश्वकै सातौं प्रदूषित सहर
सम्पादक:南亚网络电视
समय:2024-11-28 15:42

1714719216_pollution_kathmandu-1200x560

एस ए टी भी १३ मङ्सिर, काठमाण्डौंः काठमाडौं प्रदूषित सहरहरुको सूचिमा सातौं नम्बरमा परेको छ। युरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर)ले बिहीबार अपरान्ह सार्वजनिक गरेको विश्वको प्रदूषित सहर सूचकाङ्कमा काठमाडौं सातौं स्थानमा देखिएएको हो। आईक्यूएयरका अनुसार बिहीबार अपराह्न १२ः१९ बजे काठमाडौँको वायु प्रदूषणको मात्रा १५५ आईक्यूआई छ ।  

पूदूषित सहरको पहिलो स्थानमा पाकिस्तानको लाहोर (४७७ आईक्यूआई) र दोस्रोमा भारतको दिल्ली (४३७ आईक्यूआई) रहेका छन्। इजिप्टको कायरो, नर्थको म्यासेडोनिया स्कोप्ज, काजकिस्तानको अस्तान, पाकिस्तानको कराँची पनि बढी वायु प्रदूषण हुने सहरको सूचिमा परेका छन्।  

स्वास्थ्यका दृष्टिकोणले वायु गुणस्तर सूचकाङ्क ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ हुने वातावरण विभागले जनाएको छ । यस्तै, सो सूचकाङ्क १५१–२०० पुगेमा अस्वस्थ, २०१ – ३०० निकै अस्वस्थ तथा ३०१ भन्दा माथि भएमा खतरनाक तह पुगेको सङ्केत गर्दछ ।  

वायु प्रदूषण बढेसँगै सावधानी अपनाउन आग्रह गर्दै विभागले ठोस तथा प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरू नजलाउन, सवारी साधनको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्साहरूमा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धूवाँ धूलोको नियन्त्रण गरी सावधानी अपनाउन आग्रह गरेको हो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर