नेभिगेसन मेनु

एम्बुलेन्समा लागुपदार्थ कारोबार
सम्पादक:南亚网络电视
समय:2024-11-28 15:38

ambulance-car-on-a-white-background-the-medicine-illustration-vector

एस ए टी भी १३ मङ्सिर, काठमाण्डौंः बिरामी बोक्ने एम्बुलेन्सबाट लागुपदार्थ कारोबारको कालो धन्दा भएको पाइएको छ। महोत्तरीको बर्दिबासमा प्रहरीले एम्बुलेन्सबाट १० ग्राम ब्राउनसुगर बरामद गरेको हो।

बुधबार राति बर्दिबास चोकबाट सिन्धुलीतर्फ गइरहेको बा प्र ०१–००२ झ ६६९० नम्बरको एम्बुलेन्सबाट सो परिमाणको ब्राउनसुगर बरामद भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रेवतिरमण पोखरेलले आज बताए।

सिन्धुलीको मरिन गाउँपालिकाको कपिलाकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्सबाट ब्राउनसुगर बरामद भएको हो। एम्बुलेन्सको जाँज गरिँदा साइरनमा रहेको माइक्रोफोनभित्र लुकाइएको अवस्थामा ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ।

ब्राउनसुगर बरामद भएको एम्बुलेन्स, चालक र एम्बुलेन्समा सवार अन्य एकसहितलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक (प्रनाउ) पोखरेलले बताए।

एम्बुलेन्सबाट गैरकानुनी सामान लगिँदैछ भन्ने सूचनाका आधारमा रोकेर जाँच गरिएको प्रहरीले जनाएको छ। यो कारोबारमा अन्य पनि संलग्न भएका हुन सक्ने प्रहरीको अनुमान छ।

अहिले नियन्त्रणमा लिइएका दुई जनाको परिचय प्रहरीले खुलाएको छैन। सो एम्बुलेन्स उपचार कार्यको मानवीय सेवामा सहयोग पुर्‍याउन गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटलाई प्रदान गरेको जनाइएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर