एस ए टी भी ३० कार्तिक, काठमाण्डौंः दार्चुलामा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या सात पुगेको छ।
दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार मृत्यु हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिम रहेका छन्। उनले दुर्घटनामा मृत्यु भएका एकजनाको भने परिचय खुलेको छैन।
यस्तै दुर्घटनामा ६ जना घाइते भएका छन्। उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ।
मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको जिप आज बिहान ४ बजेतिर दुर्घटनामा परेको थियो।