नेभिगेसन मेनु

रेखाको निर्णायक गोलमा अबुधाबी कन्ट्री एएफसी च्याम्पियन्स लिगको अन्तिम चरणमा
सम्पादक:南亚网络电视
समय:2024-09-01 11:46

rekha-paudel-900

१६ भदौ, काठमाडौं । नेपाली फुटबल खेलाडी रेखा पौडेलको निर्णायक गोलमा यूएईको अबुधाबी कन्ट्री एएफसी महिला च्याम्पियन्स लिगको अन्तिम चरणमा प्रवेश गरेको छ ।

प्रारम्भिक चरण अन्तर्गत समूह ए को अन्तिम खेलमा रेखाले दोस्रो हाफमा गरेको एक मात्र गोलमा अबुधाबीले साउदी अरेबियाको अल नासेरलाई १-० ले पराजित गर्दै समूह विजेता बनेको हो ।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेकी रेखाले ६८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् र त्यही गोल नै जितमा निर्णायक बन्यो ।

समूह चरणमा सबै तीन खेल जित्दै रेखा सम्मिलित अबुधाबी पहिलोपटक भइरहेको एएफसी महिला च्याम्पियन्स लिगको अन्तिम चरणमा प्रवेश गरेको छ । रेखा र नेपाली फुटबलको लागि यो अर्को सफलता हो ।

यसअघि रेखाले पहिलो खेलमा लाओसको योङ एलिफन्ट्सविरुद्ध पनि गोल गर्दै च्याम्पियन्स लिगको डेब्यु खेलमा गोल गर्ने पहिलो नेपाली खेलाडी बनेकी थिइन् ।

रेखा अब एएफसी च्याम्पियन्स लगको अन्तिम चरण खेल्ने पनि पहिलो नेपाली खेलाडी बन्नेछिन् । समूह चरण पार गरेको अधुबाबी अन्तिम चरणमा समूह ए मा परेको छ । जहाँ चीनको बुहान जिएन्ग्डा, दक्षिण कोरियाको इन्चोन रेड एन्जल्स र मलेसियाको सबाह छ ।

मलेसियन क्लब सबाह पनि प्रारम्भिक चरण पार गरेर अन्तिम चरणमा छनोट भएको हो ।

सबाह नेपालको एपीएफ क्लब समेत सहभागी रहेको समूह सी को विजेता बन्दै अन्तिम चरणमा पुगेको हो । एपीएफसँग बराबरी खेलेको सबाहले उज्वेकिस्तानको नासाफलाई अन्तिम खेलमा पराजित गर्दै समूह विजेता बनेको हो ।

पहिलोपटक ठूलो प्रतियोगिता खेलेको एपीएफ भने एक बराबरी र एक हारको नतिजा निकाल्दै समूह चरणबाटै बाहिरिएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर