नेभिगेसन मेनु

अछाममा रुख ढल्दा विद्युत अवरुद्ध
सम्पादक:南亚网络电视
समय:2024-07-07 12:07

bajura1

असार २२ गते। अछाम र बाजुरा जिल्लाको विद्युत सेवा अवरुद्ध भएको छ। रुख ढलेका कारण कमलबजार नगरपालिका, ढकारी र तुर्माखाँद गाउँपालिकामा विद्युत सेवा अवरुद्ध भएको छ। 

कमलबजार, ढकारी र तुर्माखाँदमा जाने विद्युतको कमलबजार नगरपालिका–६ गैरीटाँड बजार नजिक रुख ढलेर तीन वटा खम्बा भाँचिएपछि विद्युत अवरुद्ध भएको अछाम वितरण केन्द्र प्रमुख हिक्मत बिसीले जानकारी दिनुभयो। 

सदरमुकाम मङ्गलसेनमा भाँचिएको विद्युतको खम्बा मर्मत गरेर विद्युत नियमित गर्ने काम भइरहेको छ। विद्युतसमेत खम्बा भाँचिएका कारण अछामको साफे भएर बाजुरा गएको विद्युत सेवा समेत अवरुद्ध भएको छ। बुढाबगरको विद्युतको खम्बा भाँचिदा साँफेबगर नगरपालिका–१३ बाब्लामा पनि विद्युत अवरोध भएको वडा अध्यक्ष रूपबहादुर कुँवरले जानकारी दिनुभयो। 

रुख ढलेर विद्युत अवरुद्ध भएका स्थानमा विद्युतका कर्मचारी खटिएर बिजुलीलाई सुचारु गर्ने काम भइरहेको बताइएको छ। विद्युत मर्मतका लागि नेपाल प्रहरी र केही स्थानीय पनि सहभागिता रहेको बताइएको छ। 

झरीका कारण ग्रामीण सडकहरू अवरुद्ध भएका छन् भने खोलानालामा पानीको बहाव निकै बढेको छ। अछाममा शुक्रबार बेलुकीबाट निरन्तर रूपमा झरी परिरहेको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर