नेभिगेसन मेनु

विनायक बस्ती बाढीको जोखिममा
सम्पादक:南亚网络电视
समय:2024-06-23 11:52

binayak

असार ९ गते । गर्मीले खलखली पसिना बगेका बेला पानी परेर शरीर शीतल भए पनि पञ्चेश्वर गाउँपालिका–४, विनायक गाउँका ३० घरपरिवारको मन शीतल हुन सकेको छैन । किनकि उनीहरूले धान फल्ने सयौँ रोपनी खेत बाँझो छाडेका छन् । 

विनायक गाउँका मीन चन्द असार ४ गते पानी परेपछि त्यसयता राम्ररी निदाउनुभएको छैन । पानी पर्दा बस्तीमा बाढी पस्ने डरले छिमेकीलाई समेत उहाँ जाग्राम बस्न लगाउनुहुन्छ । विनायकको पल्लीभोरी गाउँमा यही असार ४ र ५ गते अविरल खण्डवर्षा हुँदा आएको बाढीले घरखेतमा आंशिक क्षति पु¥याएको छ । बाढीको डरले राम्ररी निदाउन नपाएका यहाँका ३० परिवार शुक्रबार भने सुरक्षाको माग गर्दै गाउँपालिका पुगे । 

बर्सेनि बाढी आउने कमेड खोलामा गत वर्षदेखि पञ्चेश्वर गाउँपालिका हुँदै निर्माण भइरहेको महाकाली कोरिडोरबाट निस्केको ढुङ्गा र बाटो खोलाले बगाएर बस्तीमा पु¥याउँदा पूरै गाउँ जोखिममा परेको स्थानीय वीरेन्द्र चन्दले बताउनुभयो । उहाँले यही असार ४ र ५ गते परेको पानीले बस्तीमा बाढी पसेको बताउनुभयो । बाढीको डरले स्थानीयले खेत बाँझै छाडेका छन् । घरसमेत जोखिममा परेपछि सुरक्षाको माग गर्दै गाउँपालिका धाउनु परेको उहाँले बताउनुभयो । स्थानीयले यसअघि यति ठुलो बाढीको सामना गर्नु परेको थिएन । 

महाकाली कोरिडोरको ढुङ्गामाटो खोलामा थुप्रिएपछि बस्ती र खेत जोखिममा परेको स्थानीय किसान मीन चन्दले बताउनुभयो । उहाँले गत वर्षको बाढीले खेतमा लगाएको धान सबै बगाएपछि यो वर्ष खेत बाँझै छाडेको बताउनुभयो । तटबन्ध निर्माण गरेर बस्ती र खेत बचाइदिन गत वर्षदेखि माग राख्दै आए पनि कुनै सुनुवाइ नभएको उहाँको गुनासो छ । 

शुक्रबार यहाँका ३० घरपरिवार सुरक्षाको माग गर्दै गाउँपालिका आइपुगेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । उहाँले बस्ती र खेत जोगाउन ठुलै तटबन्ध निर्माण गर्नु भएकाले गाउँपालिकाको बजेटबाट सम्भव नभएको बताउनुभयो । तटबन्ध निर्माणका लागि प्रदेश र सङ्घीय सरकारलाई सिफारिस गरी पठाउने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “गाउँपालिकामा यसअघि सानातिना बाढी आउने गरेको भए पनि गत वर्षदेखि महाकाली कोरिडोरको माटोका कारण बस्ती, खेत र खानेपानीका मुहानमा क्षति पुगेको छ । यो विषयमा सम्बन्धित ठेकेदार र आयोजना कार्यान्वयन गर्ने निकायसँग समन्वय गर्छौं ।” 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर