नेभिगेसन मेनु

कुलाेमा डुबेर एक जनाको मृत्यु एक जना बेपत्ता
सम्पादक:南亚网络电视
समय:2024-06-19 12:21

paudi-khelda-nadi-ma-bepatta

असार ५ गते । गर्मी छल्न कुलाेमा नुहाउन पुगेका लम्कीचुहा नगरपालिका–५ थापापुरका युवा कैलाश विष्टको ज्यान गएको छ ।

जानकी गाउँपालिका–५ अमौरास्थित कुलरिया खर्गौली बडका बिच्की कुलोको इन्टेकमा नुहाउने क्रममा असार ४ गते दिउसो विष्ट डुब्नु भएको थियो । सात जना युवाहरू सँगै नुहाइरहेका बेला विष्ट पानीमा डुबेर बेपत्ता हुनुभएको हो । 

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीका अनुसार साँझ ५ बजेतिर फेला परेका विष्टलाई टीकापुर अस्पताल पुर्याइएको र  चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरिएको छ । १८ वर्षका विष्ट स्थानीय राष्ट्रिय माविबाट यस वर्ष एसइई परीक्षा दिएर बसेका विद्यार्थी हुन् । 

रानी जमरा कुलरिया सिचाई आयोजना बनेपछि नहरहरू बस्ती नजिक भएर गएका र जेठमा नै नहर र कुलामा जेठमै प्रशस्त पानी प्रवाह भएपछि नहर र कुलामा पस्नेहरू डुब्न थालेका छन् । पछिल्लो छ महिनामा डुबेर मृत्युका छ वटा घटना भएका छन् ।

छ दिन अघि टीकापुर नगरपालिका–५ स्थित रानी कुलामा डुबेर बेपत्ता हुनुभएका ५५ वर्षका खुसीराम चौधरी पनि अझै भेटिनु भएको छैन । चौधरीको झोला, लुगाहरू कुलोको किनारमा भेटिएकाले कुलामै डुबेको अनुमान छ ।

प्रहरी नायव उपरीक्षक अधिकारीका अनुसार नहर सुकाएर पनि खोजिएको छ, टोली खटाएर दैनिक खोजी कार्य जारी छ तर फेला पार्न सकेको छैन । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर