त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय र सेनाको नम्बर १४ बाहिनी अड्डाबीच विमानस्थलमा आउने चराचुरुङ्गी र वन्यजन्तु नियन्त्रणका लागि सम्झौता नवीकरण भएको छ ।
विमानस्थलको एअरसाइड एरियामा हुनसक्ने चराचुरुङ्गी र वन्यजन्तुको आउजाउलाई रोक्ने जिम्मा सेनाको रहेको छ ।
त्यस्तै विमानस्थलको एअरपोर्ट इमर्जेन्सी प्लानमा भएको व्यवस्थाबमोजिम आपतकालीन गर्नुपर्ने उद्धार तथा अन्य सेवा सम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर भएको बताइएको छ ।