नेभिगेसन मेनु

अछामका जनप्रतिनिधि पूर्वी रुकुममा
सम्पादक:南亚网络电视
समय:2024-05-24 11:49

Achham-Rukum

जेठ ११ गते । विद्यालयमा आधारित दिवा खाजालाई प्रभावकारी बनाउने उपाय सिकाइका लागि अछाम जिल्लाका जनप्रतिनिधि र कर्मचारीको टोली पूर्वी रुकुम पुगेको छ ।  स्थानीय उत्पादित खाद्यान्नमा आधारित दिवा खाजाको निरन्तरता र असल अभ्यास सिकाइका लागि स्थानीय तहका प्रमुख, शिक्षा र कृषि शाखामा कार्यरत कर्मचारीको टोली पूर्वी रुकुम पुगेको हो । 

दिवा खाजालाई पूर्ण रूपमा स्थानीय उत्पादनमा आधारित बनाउन र बालबालिकाको पोषण तथा स्थानीय उत्पादन वृद्धि गर्ने सिप सिकाइका लागि अछामको टोली रुकुमको भुमे गाउँपालिका पुगेको हो । 

“यहाँको उत्पादनलाई गाउँपालिकाका विद्यालयमा राम्रो उपयोग गरिएको रहेछ । त्यसको अभ्यासलाई अनुसरण गर्न भुमे आएका छौँ,” भ्रमणमा रहेका मङ्गलसेन नगरपालिकाका शिक्षा अधिकृत जगतबहादुर रावलले भन्नुभयो । 

भ्रमण टोलीमा मङ्गलसेन, साँफेबगर, कमलबजार नगरपालिकाका प्रमुख र ढकारी, बान्नीगढी जयगढ, मेल्लेख, चौरपाटी गाउँपालिकाका अध्यक्ष, शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख, अछामका १० वटै स्थानीय तहका शिक्षा र कृषि शाखा प्रमुख छन्  ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर